पश्चिम आकाशबाट घामको लाली हराइसकेको थियो । खुला झ्यालबाट झिलिमिली तारा नियाल्दै साँझको योजना बनाउँदै थिए । ल्यापटप खोल्न हात के बढेको थियो, झ्याप्प बत्ती गयो । इन्भर्टर स्वचालित रूपमा सुचारू भयो । टोलभरीमा झलमल्ल एकमात्र घर आफ्नै भयो । तर एक घन्टामा नै त्यो बेट्रीले जवाब दियो । आखिर चार्ज गर्न उसले दिनभरीमा ८ घन्टा त पाउने हो । अनि घरमा भए भरका ४ वटा इमर्जेन्जी लाइट बालियो । फेरी घर झल्मलायो..तर केवल अर्को एक घन्टाका लागि मात्र । इन्भर्टरको भरमा त्यसलाइ चार्ज नगरेको पनि एक महिना पुगेको रहेछ । मोबाइलको मधुरो प्रकाशमा छामछुम गर्दै आमाले खाटमुनी थन्किएको लालटिन निकालिन् अनि सलाइ कोरेर बालिन...लालटिनको मधुरो उज्यालो सँगसँगै गाउँको यादहरू आँखाभरि छाउँदै आयो । जहाँ हरेक साँझ यही क्रियाकलाप हुन्थ्यो ।
आमाले भनिन् "बाबु, मट्टितेल रहेनछ लालटिनमा । भोली लिएर आइज है"
"हुन्छ"
हात पछाडीको खल्तिमा रहेको पर्स तिर गयो । खोलेर हेरेँ..निलो रंगको ५० लेखिएको एक्लो नोट ङिच्च हाँस्दै थियो । अनि सम्झिएँ दिउँसो पेट्रोलियम पदार्थको मूल्यवृद्धीको विरोधमा बाटोमा साथीहरूले लगाएको नारा । दिउँसो बलेको टायरको पिरो धूँवा सम्झियो शायद आँखाले...अनयासै रसायो ।
Thursday, January 19, 2012
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मलाई जिस्काउँदै मुस्कुराइ हेर्यौ मानौं जून उदायो तिम्रो दुई आँखाहरू झिल्मिल सितारा झै चम्किए एक्कासी झल्मलायो मेरो अँधेरी मन तिमी गएपछि...
-
How lonely can a person get in a big city? Among millions of people its hard to find friend. Here are few moment I captured during my ...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
-
एउटा सानो दुइ कोठे ढुंगाको भवनामा दुइवटा सरकारी कार्यालय र ती दुई कार्यालयका कुरूवा उनी र म । त्यही नाताले समय कटाउन हामी साथी हुनै पर्ने भय...
-
प्रश्नै प्रश्नको सांग्लोले जिवन बेरिएको रहेछ बाँच्नलाइ जवाफ चाहिँदो रहेछ प्रश्न देखि वाक्क लागेपछि बाँच्नै देखि वाक्क भइदो रहेछ अनि ल...

राम्रो छ ।
ReplyDeleteGajjab raicha la man paryo!! maile ni aafno balyakaal samjhiy!!
ReplyDeleteधन्यवाद प्रतिक्रियाका लागि :)
ReplyDeleteCreative... Ramro Lagyo Sabin Ji.
ReplyDeleteChoto Mitho But Full of reality.
thanks Sushilji :)
Delete