"तिमी पनि म सँगै हुने भइदिए कति रमाईलो हुन्थ्यो है मन?" कुराको प्रसङ्ग एक्कासी मोड्दै माया बोलिन्
मन एकटक मायालाई हेरि रहेको थियो, मात्र "अँ..." भन्यो
"तर पिर नगर, म सँधै तिम्रो मन भित्र हुन्छु नि है मन"
मायाको यो मायालु बोलीले भित्रै सम्म छोयो मनलाई, मात्र मुसुक्क हाँस्यो अनि सुस्तरी भन्यो "लाटी.."
माया भने आफ्नै कल्पनाको उडानमा थिई
"म युरोपको विभिन्न देशमा पुग्नेछु, अनि त्यहाँ देखिएका रमाईला राम्रा दृश्यहरू यो आँखा भरी कैद गरी ल्याउनेछु, अनि म फर्किएपछि हामी दुवै एकपटक फेरी जाउँला ती ठाउँहरूमा "
मायाको यो अस्वाभाविक कल्पनाको उडान देखि देखि मन मख्ख पर्दै थियो । मन र मायाको जोडीमा मन अलि भावुक र काल्पनिक पाराको हो भने माया भने अलि यथार्थपरक थिइन् । वर्षौं सम्म समाजिक क्षेत्रमा काम गरेको अनुभव संगाली सकेकी मायाको एकपटक सीमा काटेर विदेशको घुमाई गर्ने रहर भन्ने बल्ल तल्ल पुरा हुँदै थियो । पासपोर्टमा भिसाको ठप्पा लाग्ने बित्तिकै मानौं मायाको पखेटा पलाएका थिए । खुट्टा भूँईँमा थिएन । बगैंचामा डुल्ने पुतली झै माया रंगिबिरगीं तरंग छर्दै डुल्दै थिइन् भने त्यो पुतली समाउन पछि पछि कुद्ने बालक झै मन बनेको थियो । उ झनै खुशी थियो ।
"लाटी... ती दृश्यहरू कैद गर्न मनका आँखा चाहिन्छ र? एउटा क्यामेरा लिएर जानु नि?"
एक्कासी मायाको अनुहार उत्रियो "क्यामेरा?...क्यामेरा त म सँग छैन नि मन । के गर्नु?"