Monday, May 16, 2016
Monday, April 25, 2016
कल्लेरी डाँडामा घाम लाग्यो घमाइलो
![]() |
| कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग |
जानु पर्ने ठाउँ रहेछ कल्लेरी । आदमघाटबाट झोलुङ्गे पुल तरेर लगभग १० किमी कच्ची बाटोमा फनफनी घुम्दै कल्लेरी पुगिने रहेछ ।
अनि कार्यक्रम रहेछ, रङ्गकर्मीहरूले सहयोग जुटाएर बनाएको सामुदायिक भवनको उद्घाटन सँगै साङ्गितिक कार्यक्रम तथा नाटक मञ्चन ।
साथीहरूको साथ, कल्लेरीको प्राकृति, भौगोलिक सुन्दरता सँगै स्थानीयको साथले त्यहाँको कार्यक्रम एकदमै रमाइलो भयो । त्यो रमाइलो तस्वीरमा मज्जाले देखिन्छ ।
![]() |
| प्रमुख अतिथिका साथ रङ्गकर्मीहरू बायाँबाट क्रमशः जिवेश रायमाझी, प्रविण खतिवडा, सपना चौधरी, प्रभास, गुञ्जन दिक्षित, कालीप्रसाद बासकोटा, लक्ष्मी बर्देवा, केदार श्रेष्ठ, मणिराम पोखरेल, रेणुका कार्की, लोकेन्द्र लेखक, परिक्षा लामिछाने, सञ्जिव खतिवडा, राज शाह, दिलिप रानाभाट, सागर लामिछाने |
Sunday, January 31, 2016
गन्तव्य (कविता)
![]() |
| Sand Sketch: Living Forest by David Myriam |
हिँड्दा हिँड्दै मेरो बाटो हरायो
आउँदै गरेको तिमीलाई बाटोको ठेगाना सोधेँ
तिमीले भन्यौ "मलाई पनि थाहा छैन"
बल्ल मलाई लाग्यो म ठिक बाटोमा छु
तिम्रै हात थामेर अगाडी डोर्याउँदा
तिमीलाई दोधार हुँदो हो
आएकै दिशामा फर्किनु ठिक होला त?
नसोच धेरै,
म जहाँबाट आएँ र तिमी जहाँ जाँदैछौ
त्यहाँ केही खुशि बाँकी छैन
तर तिमी जहाँबाट आएकी हौ
मलाई ... हामीलाई त्यहीँ जानु छ
त्यहाँ बसन्त छ
त्यहाँ उमङ्ग छ
तिम्रो हात थामे खुशी त्यही मौलाउने छ ।
Sunday, January 3, 2016
Subscribe to:
Posts (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...



