गजल कस्तो हुनुपर्छ भन्ने वादविवाद चलिरहेछ ।
गजलको सिद्धान्त यो हो भन्ने तर्क एकातिर छ । अर्काथरिले लेखेका गजल त गजल हैन भन्ने तर्क पनि छ । आफैंले लेखेका गजल पनि गजल भएनछन् भन्ने तर्क पनि उनकै छ । गजलका सिद्धान्तका किताब पनि छापिएकै छन् ।
गजल भनेको यस्तो हुनुपर्छ भनेर हात फाल्दै गजल घन्काउने पनि गजल कै तर्कमा छन् । वाहवाही आउनु पर्छ, गजलले जुरूक्क पार्नपर्छ भन्ने पनि तर्क छ । जनताले रूचाएपछि गजल यस्तै हुनुपर्छ भन्ने तर्क पनि छ । गजल सुनेर वाहवाही गर्ने ठूलै जमात पनि पछि लागेकै छन् ।