Wednesday, September 13, 2017

त्यैँ लाउँला चोखो पियार - १

गजल कस्तो हुनुपर्छ भन्ने वादविवाद चलिरहेछ ।

गजलको सिद्धान्त यो हो भन्ने तर्क एकातिर छ । अर्काथरिले लेखेका गजल त गजल हैन भन्ने तर्क पनि छ । आफैंले लेखेका गजल पनि गजल भएनछन् भन्ने तर्क पनि उनकै छ । गजलका सिद्धान्तका किताब पनि छापिएकै छन् ।

गजल भनेको यस्तो हुनुपर्छ भनेर हात फाल्दै गजल घन्काउने पनि गजल कै तर्कमा छन् । वाहवाही आउनु पर्छ, गजलले जुरूक्क पार्नपर्छ भन्ने पनि तर्क छ । जनताले रूचाएपछि गजल यस्तै हुनुपर्छ भन्ने तर्क पनि छ । गजल सुनेर वाहवाही गर्ने ठूलै जमात पनि पछि लागेकै छन् । 


गजल गीत हो कि नारा हो?
गाउन मिल्ने अनुप्रास मिल्ने दुइ हरफ गजल हो?
कि मदन भण्डारीले खुलामञ्चमा दिने दनक आउने हरफहरू गजल हो?
गजल लेख्ने गरेजस्तो लाग्छ । लेखिएनछ । आफूले लेखेका हरफहरू न गाईए, न जनताले वाहवाही गरे । फगत गजल लेख्छु भन्ने भ्रम पालिएछ ।


राजन र अनन्त याद आउँछन । राजनले दाइ नभन्नू भन्छन् । म पनि त्यहि भन्छु । मुल्ला हुनु अघिका अनुराग याद आउँछन् । बिहे हुनुअघिका दिनेश र रविन्द्र याद आउँछन् । निरज बिर्सनै सकिन्न । दीपकजीको खहरे मत्थर भएपछिको ढुङ्गा बाटो भरि नै देख्छु । करूणदाइको बतासले चोट धेरै लगायो । बूँदका शेरहरू याद आउँछन् ।
भो, गजल लेख्न जानिएनछ ।

लैजाउ घुमाउन मलाई ठमेल बजार,
लाइ दिउँला चोखो पियार!

No comments:

Post a Comment

Popular Posts