Wednesday, September 13, 2017

त्यैँ लाउँला चोखो पियार - २

गजल लेख्न रहर लाग्छ । गजल लेख्न सकिँदैन ।

 गीत सुन्न मन लाग्छ, लेख्न मन लाग्दैन । गीत लेख्न कर पनि लाग्छ ।

शेर फ्याट्ट फुर्छ । शेर मिलाउन समय लाग्छ । शेर समातेर गजल बनाउन समय त कत्ति कत्ति । के के न पहाड उचालेजस्तो गजल बनायो, साथीहरूलाइ सुनायो, फ्याँस्स प्रतिक्रिया । नबुझेका हुन् कि मेरा भावना नै फितला, बुझ्नै गाह्रो ।


गीत सजिलै फुर्छन् । कथा बुन्ने न हो । गीत सकाउन समय पनि लाग्दैन । धुन सुनेपछि सरररर शब्द थुपार्यो, अनुप्रास विचार गर्यो, गीत त बन्छ । संगीत पनि हुन्छ । पैसो पनि आउँछ कैले काँही । भिडियो नि बन्छ, हिरो हिरोनी नाची पनि दिन्छन् । हिट पनि हुन्छ । मान्छेले गीतकारको नाम पनि याद राख्छन् कैलेकाँही ।
अल्छि छु । सजिलो काम गर्न मन लाग्छ । अझै भनूँ सजिलो कामलाइ गाह्रो बनाएर गर्न मनलाग्छ । मनलाग्छ हैन, काम गर्न मनै लाग्दैन ।

गजल लेख्न छाडियो । गीत अलिअलि लेखिँदैछ ।

लैजाउ घुमाउन मलाइ ठमेल बजार!
त्यहीँ लाउँला चोख्खो पियार ।

No comments:

Post a Comment

Popular Posts