घामलाई अँगालेर कालो पछ्यौरी ओढेको
उ त्यो आकाशमा हेर त
कति साना-साना ताराहरू छन्
राख्नेले एउटा एउटा गरेर
कति जतनले
समय लगाएर राखेको होला
यी नभएको भए
यो रात अझै कालो हुन्थ्यो होला है?
हामी पनि हाम्रा स-साना तिना क्षण
यादहरूमा टिपौं है
एकान्तमा यी याद टिल्पिलाउँदा
अलि आराम मिल्ने थियो
No comments:
Post a Comment