Monday, October 2, 2017

त्यैँ लाउँला चोखो पियार - ५

दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो ।

काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै उडिसक्या छैन । आज पानी परेपछि भएको हिलोले भोली बिहान धुलाम्य बनाउने चैं पक्का छ ।

सदा झैं दशैं मनाइएन । नमनाउने खासै केही कारण छैन । बच्चै देखि मनाइएन,  ठूलो भएपछि झन् मनाउने कारण पनि चाहिएन । मामाघरमा दक्षिणा दिने चलन छैन । पैसा नआउने दशैं बच्चालाई के स्वाद? अँ मासु टन्नै खान पाइन्थ्यो । तर नेवारको घरमा मासु नभएको अवसर विरलै हुन्थ्यो ।

Saturday, September 23, 2017

त्यैँ लाउँला चोखो पियार - ४

हिँड्नका लागि कहिल्यै हिँडिएन । गुड्नकै लागि भने धेरै चोटी गुडियो । अरू त के हुनु? लक्ष्य त साथीसँग भेटघाट मात्र थियो । पोखरा जाने कुरा थियो, तारतम्य मिलेन । मान्छे पनि थिए, बाइक पनि थिए, समय पनि थियो । एउटो लाइसेन्स मिलेन ।

हाइवे, हाइवे जस्तो रहेन । ओभरटेक गरम् खाल्डोमा जाकिने डर, नगरम् बाह्र चक्के र टिप्परको चिप्लेकीरे पारामा परिने । धूँवाधुलो मजाले खाइयो । काठमाडौंबासीले धेर गनगन नगरे हुन्छ, हाइवेबासीले उनारू भन्दा कैयौं गुणा बेसि धुँवाले टपिङ गरिएको धूलो खान्छन् ।

गोरखा पुगियो । थाकियो, सुतियो । बिहानै गोरखा दरबार हेर्न जाने कुरा भयो ।

Wednesday, September 13, 2017

त्यैँ लाउँला चोखो पियार - ३

"मोटाउनू भएछ ।"

हिजोआज सुन्यासुन्यै छु । साँच्चिकै मोटाएँ कि भन्ने भ्रम भइसक्यो । २० वर्षको उमेरसम्म ४५ केजीको थिएँ । एकचोटी हेभी छलाङ लिएर ५४ केजी पुगेँ । कोरिया गइयो । दारू खाइएन । तर साथीहरूको बङ्गुर सीतन टन्नै खाइयो । ६७ केजी भइयाथ्यो । जिम पनि गरियो । पाखुराका मासु बटारिएर तनक्क हुँदा आत्मरतिमा पनि रमाइयो । अहिले ६५ छु । धेरै होइन ।

त्यैँ लाउँला चोखो पियार - २

गजल लेख्न रहर लाग्छ । गजल लेख्न सकिँदैन ।

 गीत सुन्न मन लाग्छ, लेख्न मन लाग्दैन । गीत लेख्न कर पनि लाग्छ ।

शेर फ्याट्ट फुर्छ । शेर मिलाउन समय लाग्छ । शेर समातेर गजल बनाउन समय त कत्ति कत्ति । के के न पहाड उचालेजस्तो गजल बनायो, साथीहरूलाइ सुनायो, फ्याँस्स प्रतिक्रिया । नबुझेका हुन् कि मेरा भावना नै फितला, बुझ्नै गाह्रो ।

Popular Posts