Monday, April 25, 2016

कल्लेरी डाँडामा घाम लाग्यो घमाइलो


कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग

"धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले  प्रस्ताव राखे । बाइकमा भन्ने सुन्ने बित्तिकै विना कुनै हिचकिचाहट हुन्छ भन्ने जवाफ पनि दिएँ । तर शुक्रबारसम्म पनि थाहा थिएन धादिङको कुन ठाउँ के का लागि जाने भनेर ।

जानु पर्ने ठाउँ रहेछ कल्लेरी । आदमघाटबाट झोलुङ्गे पुल तरेर लगभग १० किमी कच्ची बाटोमा फनफनी घुम्दै कल्लेरी पुगिने रहेछ ।

अनि कार्यक्रम रहेछ,  रङ्गकर्मीहरूले सहयोग जुटाएर बनाएको सामुदायिक भवनको उद्घाटन सँगै साङ्गितिक कार्यक्रम तथा नाटक मञ्चन ।

साथीहरूको साथ, कल्लेरीको प्राकृति, भौगोलिक सुन्दरता सँगै स्थानीयको साथले त्यहाँको कार्यक्रम एकदमै रमाइलो भयो । त्यो रमाइलो तस्वीरमा मज्जाले देखिन्छ ।

प्रमुख अतिथिका साथ रङ्गकर्मीहरू
बायाँबाट क्रमशः जिवेश रायमाझी, प्रविण खतिवडा, सपना चौधरी, प्रभास, गुञ्जन दिक्षित, कालीप्रसाद बासकोटा, लक्ष्मी बर्देवा, केदार श्रेष्ठ, मणिराम पोखरेल, रेणुका कार्की, लोकेन्द्र लेखक, परिक्षा लामिछाने, सञ्जिव खतिवडा, राज शाह, दिलिप रानाभाट, सागर लामिछाने

Sunday, January 31, 2016

गन्तव्य (कविता)

Sand Sketch: Living Forest by David Myriam
अन्जान बाटोमा हराएँ म
हिँड्दा हिँड्दै मेरो बाटो हरायो
आउँदै गरेको तिमीलाई बाटोको ठेगाना सोधेँ
तिमीले भन्यौ "मलाई पनि थाहा छैन"
बल्ल मलाई लाग्यो म ठिक बाटोमा छु

तिम्रै हात थामेर अगाडी डोर्याउँदा
तिमीलाई दोधार हुँदो हो
आएकै दिशामा फर्किनु ठिक होला त?

नसोच धेरै,
म जहाँबाट आएँ र तिमी जहाँ जाँदैछौ
त्यहाँ केही खुशि बाँकी छैन
तर तिमी जहाँबाट आएकी हौ
मलाई ... हामीलाई त्यहीँ जानु छ

त्यहाँ बसन्त छ
त्यहाँ उमङ्ग छ
तिम्रो हात थामे खुशी त्यही मौलाउने छ ।

Sunday, January 3, 2016

भोली (कविता)

http://lenaih.deviantart.com/art/sunset-candle-344589030
केही हुन्छन् जो,
भोलीका लागी आज बिथोल्छन्
तर,
भोली पनि आजै भएर आईदिन्छ
ती फेरी भोली नै कुरी रहन्छन्

भोलीका लागी बाँच्नेका
दुःख कहिले सकिएनन्


Thursday, September 10, 2015

सोफाको लक्जरी

बिहान ६.३० बजे कक्षामा पुगिसक्नुपर्ने । अल्छीको काल म, अनि सँगै कक्षा लिने साथी पनि उस्तै । कक्षा शुरू भएको दोश्रो दिन मै दुवै मिलेर एकैचोटी निर्णय गरेका थियौं, बिहान नपढ्ने । साँझ ५.३० मा कक्षा शुरु हुन्छ, कार्यालय समय पछि ठिक्क हुने । घाटा एउटै । हरेक दिन हुने साथीहरूको रमाइलो जमघट छुट्ने भयो । तर केही दिन न हो भन्ने कुराले आफैलाई आस्वस्त पारेर हामी कक्षा लिँदै थियौं ।

आज कक्षा नहुने अरे भनेर हिजो थाहा पाउँदा खुब खुशी लागेको थियो । झटपट साथीहरूलाइ टुइटरमा डिएम गरियो । भोली ४ बजे आराधना क्याफे बागबजारमा भेटौं भनेर । सबैको सहमती पनि भएको थियो । आफ्नो ३.३० मै फुर्सद भइसकेको थियो । त्यै बेला ठ्याक्कै डाक्टर साहेबले फोन गरे । "यता त बबाल पानी पर्या छ, म त भिजेँ है । आज आइन्न ब्रो । "
अब पानी सँग भिडेर आउनुस् भनेर कर गर्नु भएन । तत्काल जुलु महाराजलाई फोन लगाइयो तर जवाफ उस्तै
"दाइ ठूलो पानी आउन लाग्याछ, आउन्न म त" । अब बाँकी ३ जना रहे । उनीहरू त आउलान् भनेर आश थियो ।

Popular Posts