सडकमा,
एक हुल भेडाहरू,
गन्तव्यतिर लम्कदैछन,
कुनै भावना, कुनै आक्रोश नराखी
चुपचाप लाम लाग्दैछन ।
चोकमा,
एक हुल चमेराहरू
बाटो छेकी बसेका छन्
चिच्याउँदै, उफ्रिँदै, विद्रोहको आगो बाली
राप तापी रहेका छन् ।
अनि सेतो दुलोमा,
अलि सानो हुल स्यालहरू
आराम फर्माउँदैछन्,
सिनो कुरेर, ढोकामा चुकुल मारी
सुख सुविधामा रमाउँदैछन ।
रातो खोपीमा,
एउटा म परेवा
सानो झ्यालबाट यी हुलहरू चियाउँदै बसेको छ,
साँझ गुँडसम्म कसरी पुग्ने भनी
चिन्ता गर्दै योजनामा डुबीरहेको छ ।
पुष २६, २०६६ आइतवार (नेपाल बन्द)
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
घामलाई अँगालेर कालो पछ्यौरी ओढेको उ त्यो आकाशमा हेर त कति साना-साना ताराहरू छन् राख्नेले एउटा एउटा गरेर कति जतनले समय लगाएर राखेको हो...
-
बोलाए हुन्थ्यो त म हाजिर हुन्थे सेवामा सम्झनै गरे हुन्थ्यो त मुस्कुराउँदै आउँथे यादमा तिम्रो र मेरो ईच्छा एकै भएपछि गुनासो के रह्यो ति...
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
-
चिसो सिरेटो, धुम्म आकाश, अनि आकाशबाट सिमलका रूवा जस्ता स-साना हिउँका थुङ्गाहरूको बर्सात... समय एकदम मनमोहक थियो । म भने माथि आकाशतिर हेर्दै...
-
कुनै गीत किन रुच्छ? गायकको मोहक स्वर? मन्त्रमुग्ध पार्ने संगीत? गीतको समय,सन्दर्भ? शब्दहरूको मार्मिकता र सान्दर्भिकता? आजकल गीत सुन्...
ramro lekchhau.....keep it up.........
ReplyDeleteNice :)
ReplyDelete