जाडोको मौसम, रापिलो घाम तापिरहेको हामी जोडी । मिठा वात हुँदै थिए, वात कतिबेला वादविवादमा परिणत भयो, होसै भएन । एक्कासी उनी उठिन र घोषणा गरिन करिमा स्टाइलमा " अब देखी म तिमीलाइ कहिल्यै भेट्दिन, I don't want to see you anymore"। आकाश खस्यो, धरती भास्सियो । कुरा बुझ्नै सकिन मैले, चित्त दुखाउने म रिसाउने उनि? कँहाको न्याय हो यो? " म गएँ .... " मेरो मौनताले झन आगोमा घिउ थाप्ने काम गर्यो ।
" I swear to god, i'll never meet you"
"I've no concern With you..."
"I don't need you at all ..."
"You know more than me, ..."
धाराप्रवाह आरोप र त्यागको घोषणा हुँदैथियो । आसुँले आँखा धमिलियो, चित्त भास्सियो । विना गल्तिको कत्रो सजाय । मुखमा ताल्चा लागेको थियो । "you don't understand me at all...." उताबाट थप घोषणा हुँदै थिए । म भने पिडा सागरमा निस्सासिँदै थिएँ । जवाफमा बोली फुरेन, नोटबुक उठाएँ, उनको सबै घोषणालाइ लिपिवद्ध गरेँ र ५ बुँदे घोषणापत्र तयार गरेँ । उनको अघि तेर्साएँ । झम्टेर लिइन उनले र सहिछाप ठोकिन त्यसमा ।
मलाइ घर पुर्याइदेउ । आदेश आयो । चुपचाप उठेँ र पछि लागे । चोकमा छुटिँयौ र आआफ्नो कोठा तिर लाग्यौ ।
कोठामा पुगेको मात्र थिँए । मोबाइलमा एसएमएस आयो ।
"Sory, sory, sorrryyyyyyyy"
अलि साँस आयो, हुदय गती मत्थर भयो, निर बाढी रोकियो । फोन बज्यो ।
"रिसाएको?" प्रश्न आयो, हरे प्रभु म बबुराको के आँट रिसाउने?
"छैन"
"सरी"
"ठिकै छ"
"मैले साँच्चिकै भनेको होला त? घोषणा नै गरेको त हैन नि"
"के थाहा"
"सरी"
"साँच्चिकै नभनेको भए, नभनि दिए हुन्थ्यो नि"
"रिस उठ्यो नि, के गर्नु त?"
अब चै मैले माफ माग्नु पर्ने भयो, मैले बुझेँ, अनि मुटुमाथी ढुंगा राखेर बोले
"Sorry, i'm really sorry"
"हिहिहिहिहिह....ल अब नरिसाउ है, भोली फेरी घाम ताप्न जानु पर्छ"
हरे इमोशनल अत्याचार !!!! घाम भन्दा त उनको रिसनै तातो होला, मैले ताप्ने त त्यही रिस पो हो । डायरी उठाएँ र एउटा कविता कोरेँ । शायद भोली फेरी अर्को लेख्ने "प्रेरणा" मिल्नेछ ;)
"ढुंगा हान्यो, पहाड बनी खस्यो मनमा ।
आगो बाल्दै, नयन तीर धँस्यो मनमा ।।
हेर्दा हेर्दै, पाइला मोडी फर्की हिँड्यौ ।
एकान्त यो, नासुर भइ फस्यो मनमा ।।"
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मलाई जिस्काउँदै मुस्कुराइ हेर्यौ मानौं जून उदायो तिम्रो दुई आँखाहरू झिल्मिल सितारा झै चम्किए एक्कासी झल्मलायो मेरो अँधेरी मन तिमी गएपछि...
-
How lonely can a person get in a big city? Among millions of people its hard to find friend. Here are few moment I captured during my ...
-
प्रश्नै प्रश्नको सांग्लोले जिवन बेरिएको रहेछ बाँच्नलाइ जवाफ चाहिँदो रहेछ प्रश्न देखि वाक्क लागेपछि बाँच्नै देखि वाक्क भइदो रहेछ अनि ल...
-
हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनु...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
Superlikes! :)) Another Boundary! :P
ReplyDeleteThanks Brother :)
Deleteएउटा-एउटा नियमित झगडाले एउटा-एउटा कविता जन्माउने रहेछ, त्यस हिसाबले झगडा राम्रो छ है !
ReplyDelete:)
कथा हो कि व्यथा नै हो यो ?
त्यही भएर म बारम्बार झगडा गरिरहन्छु । जति धेरै माया, उति धेरै झगडा भन्थे..
Deleteव्यथालाइ अलि नुनखुर्सानी मिसाएर कथा बनाएको हो ।