अल्झेको जीवन , पछि हेरेँ माकुरा म नै हुँ ।
सफलता चुम्ने, सपना ती अपुरा म नै हुँ ।।
उकाली ओराली, सुस्ताउँदै आराम त गरेँ ।
यात्रा अप्ठेरो, बाटो छेक्ने टाकुरा म नै हुँ ।।
दौड रे जीवन, साथी सँगी सबै बढे अघी ।
सगैँ रमाएको, कहानी ती अधुरा म नै हुँ ।।
विगतका सबै पलहरू, सम्झना मिठो छ ।
आश ब्युँताउने, तस्विर ती मधुरा म नै हुँ ।।
निरस जीवन, मरभूमी झै भए, के भो र?
शीत विनापनी, पलाउने आकुँरा म नै हुँ ।।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
नेपालीगजलडटकमको अङ्क १९ मा प्रकाशित
-
खै के झोँक चल्यो, दाह्री काटी दिएँ । काट्नै पर्ने बाध्यता त थिएन, पाल्ने रहर पनि थिएन । हुन त पालेको हैन, नकाटेको मात्र थियो । काटिदिएँ...
-
जिन्दगी चल्दो छ । चल्नुको नाम गाडी । चल्नुको नाम जिन्दगी । खै कसले पैसा बनायो । बनाउने बेलामा त राम्रै सोचेर बनाएथ्यो होला, तर अहिले पैसाको ...
-
पाईलालाई के थाहा छ र बाटो कहाँ जान्छ । यो त लाग्छ त्यतै तिर जता मनले लान्छ ।। हिँड्दा हिँड्दै कदम मेरा अँधेरीमा अल्झे । उजेलीको आशा मारी थ...
No comments:
Post a Comment