तिमीसँग रमाउने, जीन्दगीको सार भयो ।
धेरै धेरै जीत अनि, अलिकति हार भयो ।।
मुस्कान छ प्यारो तिम्रो, रूपरँग नै मोहनी ।
हेर्नलाई आफ्नै आँखा, विच मारामार भयो ।।
कुडिएको मुटु मेरो, सम्हालेर राख्या थिँए ।
माया बोली तीर सरी, छाती वार पार भयो ।।
भावनाका छालहरू, कति रोकेँ कति छेकेँ ।
मदहोश भई गल्ती, मिठो बारबार भयो ।।
मनभरी राज्य तिम्रो, दुःख रम्ने ठाउँ छैन ।
खुशीमात्र बस्ने भए, आँसु अब भार भयो ।।
पूर्णे जून अस्ताएर, औंसी रात छायो किन?
हराएको मुस्कान त्यो, मुटु रेट्ने धार भयो ।।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
तस्वीर : सन्तोष पोखरेल ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र क...
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
दुइ मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि तिम्रै भएँ, मात्र तिम्रै ! भनिदिए हुन्थ्यो नि घट्ने थियो बोझ थोरै अनिँदा यी रातको मैले जस्तै ताराहरू...
-
आजको बन्दमा जसरी भएपनि अफिस जाने जाँगर चल्यो । तर अफिस पनि कम्ती टाढा छैन, भक्तपुर सल्लाघारी देखि महाराजगञ्जसम्म १५ किलोमिटर भन्दा बढीको द...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
No comments:
Post a Comment