सडकमा,
एक हुल भेडाहरू,
गन्तव्यतिर लम्कदैछन,
कुनै भावना, कुनै आक्रोश नराखी
चुपचाप लाम लाग्दैछन ।
चोकमा,
एक हुल चमेराहरू
बाटो छेकी बसेका छन्
चिच्याउँदै, उफ्रिँदै, विद्रोहको आगो बाली
राप तापी रहेका छन् ।
अनि सेतो दुलोमा,
अलि सानो हुल स्यालहरू
आराम फर्माउँदैछन्,
सिनो कुरेर, ढोकामा चुकुल मारी
सुख सुविधामा रमाउँदैछन ।
रातो खोपीमा,
एउटा म परेवा
सानो झ्यालबाट यी हुलहरू चियाउँदै बसेको छ,
साँझ गुँडसम्म कसरी पुग्ने भनी
चिन्ता गर्दै योजनामा डुबीरहेको छ ।
पुष २६, २०६६ आइतवार (नेपाल बन्द)
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एसएलसी दिनेवित्तिकै छुट्टीमा मैले सुखसागर पुरा पढी भ्याएको थिएँ । त्यसले त मलाई पुरै नास्तिक बनायो, तर जीवन बुझ्ने तरिका पनि सिकायो । अहिले ...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
-
धनकुटा जाने सोच थिएन । एक्कासी धनकुटा जाने भइयो । धनकुटा भन्ने बित्तिकै अनन्त अनुराग याद आए । फेसबुकमा मेसेज गरियो 'धनकुटा आउँदैछौं ।&...
-
एक हातमा फूल अर्कोमा छुरी छ ऊ सँग नै अँगालिन मञ्जुरी छ टाढा हुँदा माया हुन्छ त्यसैले त सँगै हिँड्दा छुटिन कै आतुरी छ
-
During our hefty Summer session in Korea University, we were offered to visit either Busan Industrial zone or Jeju Island. Jeju won the c...
ramro lekchhau.....keep it up.........
ReplyDeleteNice :)
ReplyDelete