खप्न कति सक्छस् ए दिल तँलाई म जाँच्छु फेरि ।
तैले खोजे जस्तै जाली माया अब माग्छु फेरि ।।
तेरो लागि के के गरेँ, बदलामा दु:ख पाएँ ।
आँसु मेरो देखिएला, पिडा लुकाई हाँस्छु फेरि ।।
मनै मार्ने झेल पनि हुदोँ रै'छ पिरतीमा ।
पिरतीमै मर्न भनी एकचोटी बाँच्छु फेरि ।।
अझै पनि रम्दैछस् तँ कल्पनामा दिन रात ।
अपुरा ती स्वप्न तेरा, परेलीमा साँच्छु फेरि ।।
चुडिँए नि पलाउँने आशा नै हो मेरो भर ।
सपनाका गुच्छाहरू एकचोटी गाँस्छु फेरि।।
June 3, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
No comments:
Post a Comment