कोमल मेरो शरिरमा किन गर्छौ छेडखानी
मन परेन मध्यरात जिस्काउने तिम्रो बानी
रातभरी एकान्तमा बज्छ एक हाते ताली
झनै मख्ख भई तिमी, राग तान्छौ गला तानी
सागरबाट एक थोपा लिँदा दुख हुन्न थियो
चोरी गरी पिडा दिन्छौ जातै तिम्रो बेइमानी
घुम्दा घुम्दै संसार यो, कहाँ पियौ अमृत तिम्ले
काललाई छलि सक्यौ, विष पनि भयो पानी
प्रकृतिलाई मात गरी तिमी भयौ सदाबहार
तराई पहाड जतासुकै उस्तै उस्तै भो कहानी
Tuesday, June 22, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
My sister was asking since yesterday that if I'd go for a concert with her or not. I wasn't sure but I had nothing to do this frid...
-
Pic by Stefan Stenudd सुनेको, देखेको र भनेको कुरा, प्रेम पागल हुन्छ । हुँदो रहेछ, थाहा हुन गाह्रो भएन । पागलपन पनि रमाइलो र लोभलाग्दो हुँ...
-
डुबिसकेको घाम अनि झिसमिसे साँझ, सूर्यास्त सँगै अँध्यारो छाउन थालेको थियो । सडक बत्ती, होर्डिङ्ग बोर्ड, साइनबोर्ड पनि सुस्ताएर निभेका थिए । ...
-
आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरह...
-
जति जति काट्दै फाल्यो उति धेरै पलाउँछ । नकाटेर बसुँ भने झनै साह्रो चिलाउँछ ।। दिकदार लागेर म फँडानी जो गर्न खोज्छु । भन्छिन् उनी केटा तेरो ...
No comments:
Post a Comment