कोमल मेरो शरिरमा किन गर्छौ छेडखानी
मन परेन मध्यरात जिस्काउने तिम्रो बानी
रातभरी एकान्तमा बज्छ एक हाते ताली
झनै मख्ख भई तिमी, राग तान्छौ गला तानी
सागरबाट एक थोपा लिँदा दुख हुन्न थियो
चोरी गरी पिडा दिन्छौ जातै तिम्रो बेइमानी
घुम्दा घुम्दै संसार यो, कहाँ पियौ अमृत तिम्ले
काललाई छलि सक्यौ, विष पनि भयो पानी
प्रकृतिलाई मात गरी तिमी भयौ सदाबहार
तराई पहाड जतासुकै उस्तै उस्तै भो कहानी
Tuesday, June 22, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
बेतुक ही बेतमलब हँस ले हम क्यूँ ना हम इस लम्हे मे जी लें हम चलो बाँट ले हम जिन्दगी जरा आज यूँ कर ले कहो क्या खयाल है?? कहिले विना खु...
-
सबै भेद विभेद भन्दा पर बसेर आऊ हामी सुनौं एकअर्कालाई न तिमीलाई म बुझ्ने कर होस् न मलाई तिमी बुझ्ने कर रहोस् बस्, तिमी सुनाउ म सुन्...
-
क्यालेन्डर चिथोरेर भित्तामा हेर फेरी एउटा बिहानी उदाएको छ फरक दिनको उस्तै बिहानी हो या फरक दिनको नयाँ कहानी हो सिरक भित्रैबाट हात तन्क...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment