Wednesday, August 3, 2016

गजल १०१

कि त आफैं बाटो खोलिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्

अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्

Saturday, July 2, 2016

तस्बीर (कविता)

जिवनमा एक्लो दिनहरू पनि थिए 

मनमा सजाएको युगल तस्बीरहरु 
आँखाभरी नाचेको बेला 
ती एकाङ्कीहरु मेट्न 
म तस्बीर खिँच्थे 

दृष्यहरु रेखाहरुमा 
खिँचिएकाहरु मध्य 
दुःख र विछोडका तस्वीरले 

Saturday, June 25, 2016

गजल १००

Image by: ImageZoo
मालीले फूल टिपी कोसेली दियो
उसलाई मौरीसँग दुश्मनी थियो

आफ्नो दुःखभन्दा के ठूलोे खोज्दैथेँ
त्यही बेला नौलाख तारा गनियो

Wednesday, June 15, 2016

गजल ९९

जो थिए भुली गए, जो छन् ती मीत भए
मायालु फेरिनु त मायाका रीत भए

धूलोका पत्रपत्र फ्रेमका घुम्टी बने
जब त्यो तस्बिरका मुस्कान अतीत भए

Popular Posts