आज साँझ कमलविनायकस्थित साथीको कोठा बाट फर्किदै थिएँ । सूर्यविनायक तिर जानुपर्ने भएको हुँदा कमलविनायक चोकबाट जगाती तिर मोडिएँ । अलि अगाडी बढेपछि बाइकको लस्कर देखियो । जमानाको भर छैन पक्कै केही दुर्घटना भएर जाम भएको हो जस्तो लाग्यो । तर भिड भएपनि बाइकहरू गुडिरहेकै थिए । अचम्म लाग्यो..अलि अगाडी पुगेँ । खासमा एउटा कारको पछाडी पछाडी जम्मै बाइकहरू विस्तारै हिँडिरहेका रहेछन् । त्यो कारलाइ ओभरटेक गरेर अगाडी जान पनि सकिन्थ्यो तर अगाडी जान कोही पनि इच्छुक देखिएनन् । कौतुहलता जाग्यो..आखिर के रहेछ भनेर । अनि आँखा गडाए त्यो गाडीमा...
सूर्यविनायक, जगाती, कमलविनायक हुँदै नगरकोट जाने बाटो पर्दछ र फर्कने बाटो पनि यहि नै हो । त्यो कारको पछिल्लो सिटमा एक जोडी रहेछन् । नियालेर हेरेँ, भर्खर टिनएज पार गरेका मंगोलियन अनुहारका जोडी रहेछन् त्यो प्राइवेट कारमा । पक्कै पनि यो जोडी नगरकोटको रमणिय मौसमको दिनभरी मजा लिएर फर्केका हुनपर्छ । तर दिनभरीको साथको रन्को अझै उत्रेको रहनेछ शायद जोडीलाइ...उनीहरू वरिपरिको संसार भुलेर एकआपसमा डुबेका थिए । उनीहरूको मायालु क्रियाकलाप मनको घेरा तोडेर शारिरीक हुँदैथियो । अँगालोमा बेरिएर चुम्बनसम्म पुगेको थियो ।
विश्वव्यापीकरणको प्रभावमा परिवर्तनको संघारमा छ हाम्रो समाज । हाम्रो परम्परा र संस्कृति भन्दा बाहिरका बानी व्यहोरा नयाँ पुस्ताले अपनाउँदैछ । पुरानो पुस्ता भने यसको विरोधमा छ । यो पनि यस्तै विषय न हो । पुस्ता पुस्ता विचको विभेद हरेक समाजले देखेको भोगेको छ, हामी पनि अपवाद होइनौं । तर कुन हदसम्म चलेका संस्कारलाइ तोड्ने भन्ने कुरामा नयाँ पुस्ता पनि सचेत हुन जरूरी छ । त्यो जोडी त संसारको मतलब नराखी आफू मै हराइरहेका थिए । तर ति पछि पछि लागेका बाइकवालाहरू यसरी रमाउँदै थिएँ मानो उनीहरूले बाटो माझ सित्तैमा "पोर्न" हेरिरहेका छन् । मलाइ बडो Awkward लाग्यो, बाइकको एक्सिलेटर बटारेँ र हुँइकिँए ....