Monday, April 29, 2013
Tuesday, April 23, 2013
बेरोजगार कवि (कविता)
तिम्रा लागि केही मिठा शब्द भरी
कविता लेखुँ भन्दा
तिम्रो अघि सबै बिम्ब फिक्का लाग्न थाल्छन्
घन्टौं घन्टौं घोरिन्छु
अन्तमा
मात्र दुई शब्द बाँकी रहन्छन् लेख्नका लागि
एउटा तिम्रो नाम, अर्को माया
स्काईपमा तिमी सँग बात गर्दा
म चुप्प लागेर एकोहोरो तिम्रा कुराहरू सुन्छु
पृष्ठभूमिमा हिन्दी– नेपाली– अँग्रेजी –उर्दू
रोमान्टिक गीतहरू
र्र्यान्डम मोडमा बजेको सुन्दा
कति झिँझो लाग्दो हो, कति रिस उठ्दो हो
विन्ती !नरिसाई देउ है
म ती गीतहरूमा प्रेमिल शब्दहरू खोज्दैछु
प्रेममा मान्छे कवि बन्छ भन्थे
प्रेममा परेर यो कवि
बेरोजगार भएको छ !!
Monday, April 22, 2013
Subscribe to:
Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
