Sunday, November 23, 2014
Saturday, November 1, 2014
सेतो भित्तामा टाँसिएको पोस्टर
साँझको समय, माइतीघरबाट बानेश्वरको बाटो फटाफट हिँड्दै थियौं । सार्कको तयारीमा झिलिमिली परेको बाटो वरिपरि खम्बा तथा भित्ताहरूमा भर्खर रङ्ग लगाइएको थियो ।
त्यही बेला दुईजना मान्छेहरू ती खम्बा तथा भित्ताहरूमा केही पोस्टर टाँस्दै गरेका देख्यौं । एकमन त हकारेर भनुँ झैं लाग्यो, तर ती मान्छे टेर्ने खालका जस्ता लागेनन् ।
अनि युक्ति फुर्यो । पोस्टर हेरेँ । एउटा ब्वाईज होस्टेलको विज्ञापन रहेछ । सञ्चालकको फोन नं पनि रहेछ । सिधै नम्बर ९८५१०९०२९८ लगाएँ । उताबाट हेलो सुन्नु अगावै म जिल्ला प्रशासनबाट भनेँ । उताबाट नरम बोलीमा सर भन्नुस् भन्ने बित्तिकै पेलीहालियोे। 'के हो? पुरा शहर सार्कका तयारीमा सफाइ हुँदैछ, तपाइँ चै फोहोर बनाउँदै पोस्टर टाँस्ने'
' त्यो काम रोक्न लाउन हुन्छ कि भोली कारवाहीका लागि प्रहरी पठाउँ?'
उताबाट बाटोतिर पो मान्छे गएछन् भनेर आश्चर्य प्रकट हुँदै तुरून्त मान्छे फर्काउने कुरा आयो । अनि अन्तमा फेरि एक लट थर्काइयो 'त्यो टाँसेको उप्काउन लाउनुस्'

Subscribe to:
Comments (Atom)
Popular Posts
-
हिँडि रहेछु म निरन्तर धरतीको अन्त छैन म त सिद्धिन्छु यो समय असतीको अन्त छैन यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ कैले हो मैले सुस्ता...
-
सुख दुःख अथाह यो बोकी हिँड्ने छाती छ छाती भित्रै भरिएको हावा भने भारी छ विहानीको रंगमा नि छैन कुनै उमंग निधारको पसिनामा उसै पनि लाली छ देख्न...
-
"चिया चिसो भो" सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ । बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थ...
-
'डिँगडँग्' ' डिँगडँग्' तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दू...
-
मनको वागमा बसन्तको मौसम पर्दा कलम चलोस् अधरले मोती झल्काई, खुशी छर्दा कलम चलोस् सुख दुख साथी तिम्रा पालै पालो आउँछन् जान्छन् खुशीयाली मनको ...