Tuesday, July 30, 2013

मिसाइल त्रास (कथा)

तस्वीर साभारः नेपाल साप्ताहिक
साँझको बेला हल्का हिउँ जस्तो आकाशबाट झर्दै थियो। हिउँ हो वा पानी हो, मैले ठम्याउन सकिनँ। सब-वे भित्र एसीको तातो हावाबाट एक्कासि खुलामा आउँदा अत्यन्त चिसो महसुस भयो। चिसोले ठिहिर्‍याएर हात पाइन्टको खल्तीभित्र हालेँ। अप्रिलको सुरुआतमा यो अचम्मको मौसम थियो। हिजोसम्म कलेजमा प्रोफेसरले 'स्प्रिङ् लाग्यो, अब मौसम न्यानो हुन्छ, जताततै स्प्रिङ् फूलहरू देखिनेछ' भन्दै थिए त। क्यामेरा लिएर घुम्ने बेला आयो भनेर म फुरुङ्ग परेको थिएँ। तर, यो चिसोपनले अर्कै मोड ल्याउँदै छ।

नयाँ ठाउँ, नयाँ वर्ष र नेपाली अनुभूति

नयाँ वर्षको पहिलो दिन, त्यो पनि विदेशमा । देशमा हुँदो हुँ त क्यालेन्डर, रेडियो, टिभी, सुनसान बाटोघाटो आदि-ईत्यादीले चिच्याई चिच्याई नयाँवर्ष र विदाको घोषणा गर्दो हो । तर यो देशमा नयाँवर्षको चहलपहल कहाँ र किन पाउनू? फेसबुकमा नेपाली राजदूतावासका कर्मचारीहरूले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए, जाउँ कि जस्तो लागेको थियो । त्यसै पनि बीसवटा देशका मान्छेसँग कनिकुथी अँग्रेजी बोल्दा बोल्दै वाक्क भईसकेको थिएँ । राम्रै जमघट होला नेपालीहरूको, केही नभए पनि नेपाली त बोल्न पाईन्छ नि भन्ने सोचियो । अरू युनिभर्सिटीमा पढी रहेका साथीहरू पनि जाने भएपछि, जाने जाँगर चल्यो । फेरी हिजो भर्खर किनेको नयाँ क्यामेरामा नेपालीहरूको फोटो खिँचेर नै उद्घाटन गरुँ कि जस्तो लागेर आयो । 

साथीहरू सँग साँझ दूतावास नजिकको स्टेसन बाहिर भेला हुने सल्लाह भयो । दूतावास भर्खरै नयाँ भवनमा सरेको रहेछ, कसैले देखेको चैं रहेनछ । दिइएको ठेगाना पहिले नै गुगल नक्सामा हेरेको चै थिएँ तर नक्सामा हेर्नु र ठाउँमै पुगेर हेर्नुमा आकाश जमिनको फरक हुन्छ । त्यसमाथि कसैको पनि मोबाईलमा ईन्टरनेट नचल्ने, कसरी जाने भन्ने समस्या पर्यो । एकजना साथीले दूतावासमा फोन गरेर बाटो सोध्नु भयो,

Tuesday, June 25, 2013

म फुर्सदमा छु (गजल ८५)

बगरका ढुंगा टार्छु, म फुर्सदमा छु ।
हिउँदमा बाढी बार्छु, म फुर्सदमा छु ।।

काम गर्ने कोही यता भेटिएलान् कि ।
देश बनाउने बात मार्छु, म फुर्सदमा छु ।।

ढिलो गरे पक्का हुन्छ हतारमा के भर ।
कामकाज पर सार्छु, म फुर्सदमा छु ।।

ढुंगा ढुंगा जुटे पहाड, जुधेमा धूलो ।
धूलो माटो नै बढार्छु, म फुर्सदमा छु ।।

फलको आश नगर भनि 'गीता'ले भन्यो । 
जित्न बाँकी सबै हार्छु, म फुर्सदमा छु ।।

'एकतारे' सँधै मिठो कहाँ होला र? ।
चुप् लाग् भनि म हकार्छु, म फुर्सदमा छु ।।

Saturday, June 8, 2013

दाग

बसन्तपुरको ईनारमाथी बसेर
सिसाको गिलासमा लोकल चिया
खुब स्वाद मानेर खान्थयौँ

मिठो स्वाद चियाको हुन्थ्यो कि गफको
कि हाम्रो साथको हुन्थ्यो
कहिल्यै याद गरिएन

एकदिन गफैगफमा
दिल खोलेर हाँस्दा
तिम्रो गिलासको चिया छल्किएर
मेरो छातीमाथी पोखिएको थियो
तातो चियाले पोलेको थियो,
तर पोलाइले पीडा दिएन


अहिले पनि त्यही टिशर्ट लगाउँछु
हरेक चोटी धुन खोज्दा
सेतो टिशर्टमा लागेको दाग
नमेटियोस् जस्तो लाग्छ

Popular Posts