झस्किन्छिन् रे! मलाई सम्झी हिक्का उता छुट्दा खेरी
झंकार उता गुन्जिदिन्छ, मुटु यता फुट्दा खेरी
कहाँ रिस गरे मैले सपनीमा आउँदा खेरी
गुनासो त रहिदियो निदरी यो टुट्दा खेरी
झरी पनि उनी नै हुन्, छाता पनि उनि नै हुन्
ओत मुनि भिज्नु नै छ सम्झनाले चुट्दा खेरी
भिजेका ति आँखामा नै साथी खोज्छ 'सबिन' फेरी
बग्थ्यो होला घाउ पुरै चारा धारा जुट्दा खेरी
Sunday, September 18, 2011
Tuesday, August 23, 2011
सिन्दूर देखि तर्सिएर (गजल ६३)
सिन्दुर देखी तर्सिएर भन्छ्यौ उसको खून आयो
मुटु दह्रो तिम्रै थियो फेरी किन रून आयो?
जलप लिइ मेरो प्रेमको घुम्टो भित्र लुकी बस्यौ
घुम्टो खोली पराइ भन्छ, आहा! हेर जून आयो
मनको घाउ चहर्याउँदा पिडा गुन्ज्यो यताउता
हाँस्दै भनिन् निष्ठुरीले कस्तो मिठो धून आयो
आभारी छु म त साह्रै जीन्दगीको बाटो खोल्यौ
रातो धागो बेरिएर निर्मोहीको गुन आयो
एकतारे
२०६८।०४।२९
मुटु दह्रो तिम्रै थियो फेरी किन रून आयो?
जलप लिइ मेरो प्रेमको घुम्टो भित्र लुकी बस्यौ
घुम्टो खोली पराइ भन्छ, आहा! हेर जून आयो
मनको घाउ चहर्याउँदा पिडा गुन्ज्यो यताउता
हाँस्दै भनिन् निष्ठुरीले कस्तो मिठो धून आयो
आभारी छु म त साह्रै जीन्दगीको बाटो खोल्यौ
रातो धागो बेरिएर निर्मोहीको गुन आयो
एकतारे
२०६८।०४।२९
विहान हाँसेको छ (गजल – ६२)
टाढा कहीँ यौटा रात कुरेको छ
तर आज विहान फेरी हाँसेको छ
फेरी पनि उही साथ पाएर होला
आखाभरी स्वप्न उस्तै सजेको छ
छल्किएका आँखाहरू साक्षी हुन्छन्
मन एउटा कपास बनि बाँचेको छ
मर्छन् अनि पलाउँछन् चिस्यानमा
पर्खाइमा कति मुना हुर्केको छ
निको हुँदै हुन्न घाउ थाहा भयो
दुखाइको नै बानी अब परेको छ
एकतारे
२०६८।०४।२६ गाइजात्रा
तर आज विहान फेरी हाँसेको छ
फेरी पनि उही साथ पाएर होला
आखाभरी स्वप्न उस्तै सजेको छ
छल्किएका आँखाहरू साक्षी हुन्छन्
मन एउटा कपास बनि बाँचेको छ
मर्छन् अनि पलाउँछन् चिस्यानमा
पर्खाइमा कति मुना हुर्केको छ
निको हुँदै हुन्न घाउ थाहा भयो
दुखाइको नै बानी अब परेको छ
एकतारे
२०६८।०४।२६ गाइजात्रा
त्यही काख सिरान थियो (गजल-६१)
सपनाका बोझ थाम्ने त्यही काख सिरान थियो
बिसाएछु जीवन त्यहीँ जहाँ मेरो चिहान थियो
अँधेरोमा खोजेँ खुबै ज्योतीका ति झिल्काहरू
थाकि जब आँखा चिम्लेँ आँगनीमै विहान थियो
मिसिएर सागर बन्न चट्टान चिरी बहेका थ्यौ
उर्लिएका खोली सुके जब नजिक दोभान थियो
लक्ष्य नयाँ भेटाउँदै चल्नु थियो निरन्तर
विसाएछौ यात्रा शायद हतारको थकान थियो
उभिएथ्यो एक्लो द्रोही हरूवाको जमातमा
सगरमाथा सरी अटल त्यो त आत्म सम्मान थियो
– एकतारे, २०६८।०३।१६
बिसाएछु जीवन त्यहीँ जहाँ मेरो चिहान थियो
अँधेरोमा खोजेँ खुबै ज्योतीका ति झिल्काहरू
थाकि जब आँखा चिम्लेँ आँगनीमै विहान थियो
मिसिएर सागर बन्न चट्टान चिरी बहेका थ्यौ
उर्लिएका खोली सुके जब नजिक दोभान थियो
लक्ष्य नयाँ भेटाउँदै चल्नु थियो निरन्तर
विसाएछौ यात्रा शायद हतारको थकान थियो
उभिएथ्यो एक्लो द्रोही हरूवाको जमातमा
सगरमाथा सरी अटल त्यो त आत्म सम्मान थियो
– एकतारे, २०६८।०३।१६
Subscribe to:
Posts (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
