Monday, November 25, 2013
Sunday, November 10, 2013
यसपाली भोट के मा?
चारै तिर चुनावको चर्चा छ । कोही चुनाव हुन्छ र जितौंला भनेर चर्चा गर्नमा व्यस्त छन् । कोही चुनाव होला र आफू हारिएला, हराइएला भनेर विरोध गर्न व्यस्त छन् । जे जस्तो होस्, नेपाली लागि पर्या छन् चुनावमा ।
अधिकांशलाई चुनावसँग वास्ता छैन भन्दै चुनावकै गफ गर्नबाट फुर्सद छैन । सबै चोर हुन्, कसले चै के गर्छ र भन्दै कोही न कोहीलाई गाली गर्नबाट फुर्सद हुन्न यस्तालाई । कोही भने भोट हाल्दिन भन्दै कुर्लदै छन्, भने कोही चै कसले खुवाउँला र त्यसका नाममा भोट हाल्छु भनि गफ दिउँला भनेर ढुकेर बसेका छन् ।
Labels:
CAElection,
Election,
Nepal,
Nepalvotes,
Nepvotes,
व्यंग
Friday, November 8, 2013
Friday, October 25, 2013
बातका याद (गीत)
स्वरः छिरङ शेर्पा र श्रेया सोताङ
संगीतः कालीप्रसाद बासकोटा
शब्दः एकतारे
तिम्रो मेरो बिचको स-सानातिना बात
मिठो-मिठो बनेको छ यो हाम्रो साथ
छरिएका यी क्षण यी पल हामी बिच
गाँसिएर टुक्रा टुक्रा बन्दैछन् याद
दुःख बाँडे दुःखै घट्ने, दुःख सुनाउ तिम्रो
सुख बाँडे खुशी बढ्ने, सुख लैजाउ मेरो
बाँडी चुँडी साँचौं मुटु भरी
फेरीफेरी जिन्दगी यो गरौं साटासाट
जिन्दगी यो बढे जस्तै बढ्दै जाओस् माया
जिन्दगी यो घाम बने यही नै बनोस् छाया
घामछायाँ एकै भएसरी
जुनिजुनि रहीरहोस् हाम्रो यो साथ...
संगीतः कालीप्रसाद बासकोटा
शब्दः एकतारे
तिम्रो मेरो बिचको स-सानातिना बात
मिठो-मिठो बनेको छ यो हाम्रो साथ
छरिएका यी क्षण यी पल हामी बिच
गाँसिएर टुक्रा टुक्रा बन्दैछन् याद
दुःख बाँडे दुःखै घट्ने, दुःख सुनाउ तिम्रो
सुख बाँडे खुशी बढ्ने, सुख लैजाउ मेरो
बाँडी चुँडी साँचौं मुटु भरी
फेरीफेरी जिन्दगी यो गरौं साटासाट
जिन्दगी यो बढे जस्तै बढ्दै जाओस् माया
जिन्दगी यो घाम बने यही नै बनोस् छाया
घामछायाँ एकै भएसरी
जुनिजुनि रहीरहोस् हाम्रो यो साथ...
Subscribe to:
Posts (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
डुबिसकेको घाम अनि झिसमिसे साँझ, सूर्यास्त सँगै अँध्यारो छाउन थालेको थियो । सडक बत्ती, होर्डिङ्ग बोर्ड, साइनबोर्ड पनि सुस्ताएर निभेका थिए । ...
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
यो कथा शुरू गर्नु भन्दा अगाडीको भाग RECAP ( अन्तरवार्ता (भाग १) ) गरि हालुँ, अन्यथा केही नबुझिएला :) (अघिल्लो भागको केटो पात्र फेरी दोहो...


