Sunday, July 8, 2012

उज्यालो (कविता)

मलाई जिस्काउँदै
मुस्कुराइ हेर्यौ 
मानौं जून उदायो
तिम्रो दुई आँखाहरू
झिल्मिल सितारा झै
चम्किए
एक्कासी
झल्मलायो मेरो अँधेरी मन

तिमी गएपछि पनि 
धेरै बेर
आकाश हेरी बसेँ
उस्तै जून र ताराको
प्रतिक्षामा
बादलले छोपेको आकाशमा
उज्यालो कसो गरि हुन्थ्यो र?



1 comment:

  1. यिन्लाइ फेरि ब्लगर अफ द विक हो कि भल्गर अफ द विक के हो बनाम्न पर्नी भओ :D

    ReplyDelete

Popular Posts