Monday, July 6, 2015

गजल - ९५

मालीले फूल टिपेर कोसेली दियो
उसलाई मौरीसँग दुश्मनी थियो

आफ्नो दुःख भन्दा के ठूलोे खोज्दैथेँ
त्यही बेला नौलाख तारा गनियो

Sunday, June 28, 2015

घर कहाँ? (कथा)

कार्यकक्षमा एकाबिहानै एकजना अपरिचित व्यक्ति आइपुगे र सिधै सोफामा विराजमान भए ।

"भाइ नमस्कार म फलाना"
"अँ....नमस्कार सर, बस्नुस् न ।  "
"अनि भाइको घर चैं कहाँ?"
"कपिलवस्तु"
"ए कपिलवस्तु पो! कपिलवस्तु को कता? "
"अँ दक्षिण तिर पर्छ"
"दक्षिण कता?"
"हजुर पुग्नु भएको छ?"
"अँ भन्नुस् न "
"जवाभारी गा.वि.स. पर्छ"
"ए ए त्यो कता पर्छ?"
"चन्द्रौटाबाट कृष्णनगर जाने बाटोमा पर्छ"
"ए ए... चन्द्रौटासम्म पुग्या छु म । ५ वर्ष अगाडी नेपालगञ्ज गएको थिएँ बसमा, त्यहाँ चिया खान  रोक्या थियो"

Thursday, June 11, 2015

गजल - ९४

के पो थिएँ म, के भएँ अहिले
अहिले म छु, के थिएँ पहिले

संसार देख्थेँ, आँखा खुल्ला थिए
आँखामा सपना पाल्ने गर्थे मैले

एकतारे सुनिनेछ बुझिनेछ
अरू साज थाक्ने छन् जहिले

Friday, June 5, 2015

गजल - ९३

तिमी हाँस्दै गरेको ठूलो तस्बीर अझै हासेकै छ
भलै निधार बीचमा त्यसको सीसा चर्केको छ

हाम्रो कोठामा जताततै धूलै–धूलो जमेको छ
जहाँ छुन्छु त्यहाँ तिम्रो नाम लेख्न मिलेको छ

(धन्यवाद विनु सुवेदीलाई, यो शेरको भावका लागि)

तिम्रा सबै सामानहरू यो कोठामा उस्तै नै छ
मात्र पात्रो फेरिएको छ, घडी घुमी रहेको छ

म आकाशमा जून हेर्छु त्यही जून मलाई हेर्छ
यो दूरीमा जून र मेरो चोखो प्रेम बाँचेको छ

जति हिँडे पनि पाईला पुग्ने छैन लक्ष्य सम्म
हरेक नयाँ दोबाटोमा गलत बाटो रोजेको छ

Popular Posts