Wednesday, July 27, 2011
Tuesday, July 26, 2011
याद (गीत)
जूनकिरी सँगै नाँच्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि
गीत कुनै सुसाउँछ पवनको मिठो बोली
चन्द्रमाले चियाउँछ बादलको घुम्टो खोली
उज्यालो भै रात जाग्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि
ताराको यो टिल्पिलमा छाइदिन्छ टुनामुना
मुहार उही देख्छु म त सपना हो कि विपना
वेहोशीमा दिल मात्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि
दुख्दो रैछ (गीत)
काँडा भन्दा फूलको चोट अझ धेरै दुख्दो रैछ
छुँदा मात्रै पनि घाउ गहिराइमा पुग्दो रैछ
काँडालाइ त छलिदिन्छु धारिलो त्यो रूप देखि
कोमलतामा धार बोक्ने फूल चिन्ने कसो गरी
रूपरंगको मोहनीमा नजर यी चुक्दो रैछ
सिउँरिदा पराइ शिरमा कति रून्छ मालीको मन
घाउ माथी नून पर्छ मस्केर फूल हाँस्दा त झन
आफ्नोले नै घात गर्ने नियती नै हुँदो रैछ
– २०६८ श्रावण १०
छुँदा मात्रै पनि घाउ गहिराइमा पुग्दो रैछ
काँडालाइ त छलिदिन्छु धारिलो त्यो रूप देखि
कोमलतामा धार बोक्ने फूल चिन्ने कसो गरी
रूपरंगको मोहनीमा नजर यी चुक्दो रैछ
सिउँरिदा पराइ शिरमा कति रून्छ मालीको मन
घाउ माथी नून पर्छ मस्केर फूल हाँस्दा त झन
आफ्नोले नै घात गर्ने नियती नै हुँदो रैछ
– २०६८ श्रावण १०
Thursday, July 21, 2011
टाढा भएकै राम्रो (गीत)
नगाँसिने मुटुहरू आधा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
साटिएन खुशी कैले बाँकी रह्यो मात्र व्यथा
आँसुले नै मेट्ने गरी लेखिएछ हाम्रो कथा
मनका यी पाना फेरी सादा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
पिर बिसाउने काखमा काँडा विझाउन थाले
आँसु पुछ्ने हातले नै अब चोट दिन थाले
नबिर्सुँ म पिडा घाउ गाढा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
साटिएन खुशी कैले बाँकी रह्यो मात्र व्यथा
आँसुले नै मेट्ने गरी लेखिएछ हाम्रो कथा
मनका यी पाना फेरी सादा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
पिर बिसाउने काखमा काँडा विझाउन थाले
आँसु पुछ्ने हातले नै अब चोट दिन थाले
नबिर्सुँ म पिडा घाउ गाढा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
Tuesday, July 12, 2011
अनि पो त गजल (गजल)
अक्षर,शब्द,मिसरा र शेर मिली गर्जे पो त गजल
विचारको प्रहारले मुट हल्ले पो त गजल
बहरको शरिरमा शब्द भर्नु मात्र हैन
भावनाले उर्लिएर प्राण भरे पो त गजल
हुनेगर्छ बयान उस्तै सुरा अनि सुन्दरीको
प्रेम देखि द्रोहसम्म विचार अटे पो त गजल
महफिलमा पालो कुर्ने थपडीको स्वर हैन
मनैदेखि वाह! वाह! भने पो त गजल
विचारको प्रहारले मुट हल्ले पो त गजल
बहरको शरिरमा शब्द भर्नु मात्र हैन
भावनाले उर्लिएर प्राण भरे पो त गजल
हुनेगर्छ बयान उस्तै सुरा अनि सुन्दरीको
प्रेम देखि द्रोहसम्म विचार अटे पो त गजल
महफिलमा पालो कुर्ने थपडीको स्वर हैन
मनैदेखि वाह! वाह! भने पो त गजल
बाँकी धेरै छ (गीत)
साँची राख्छु आसुँहरू खप्न बाकीँ धेरै नै छ
जीन्दगीका घाउहरू सेक्न बाँकी धेरै नै छ
मध्यरातमा परेली यी नखुले त जाती हुन्थ्यो
सम्झनाको बेहोशीमा मन त्यसै माती रन्थ्यो
रंगिचंगी सपना अझै देख्न बाँकी धेरै नै छ
जोडी पाइला नहुँदैमा हिँड्न मैले छाड्नु हुन्न
पाइन्छ कहिँ खुशी धेरै खोज्न मैले थाक्नु हुन्न
अविरल छ यात्रा मेरो टेक्न बाँकी धेरै नै छ
२६ असार २०६८
जीन्दगीका घाउहरू सेक्न बाँकी धेरै नै छ
मध्यरातमा परेली यी नखुले त जाती हुन्थ्यो
सम्झनाको बेहोशीमा मन त्यसै माती रन्थ्यो
रंगिचंगी सपना अझै देख्न बाँकी धेरै नै छ
जोडी पाइला नहुँदैमा हिँड्न मैले छाड्नु हुन्न
पाइन्छ कहिँ खुशी धेरै खोज्न मैले थाक्नु हुन्न
अविरल छ यात्रा मेरो टेक्न बाँकी धेरै नै छ
२६ असार २०६८
भारी छ (गजल - ५८)
सुख दुःख अथाह यो बोकी हिँड्ने छाती छ
छाती भित्रै भरिएको हावा भने भारी छ
विहानीको रंगमा नि छैन कुनै उमंग
निधारको पसिनामा उसै पनि लाली छ
देख्नेले त हिलोमा नै कमल देख्छ फूलेको
धमिलेको आँखालाई चन्द्रमा नि दागी छ
खस्यो कठै ! बचेरो त्यो गुलेलीको प्रहारले
उसलाई लाग्थ्यो अझ आकाश नाप्न बाँकी छ
संसारको रित फेर्न रोक्यो छेक्यो कसले
जञ्जिर बेडी खोल अब हातमा नै चाभी छ
२२ असार २०६८
छाती भित्रै भरिएको हावा भने भारी छ
विहानीको रंगमा नि छैन कुनै उमंग
निधारको पसिनामा उसै पनि लाली छ
देख्नेले त हिलोमा नै कमल देख्छ फूलेको
धमिलेको आँखालाई चन्द्रमा नि दागी छ
खस्यो कठै ! बचेरो त्यो गुलेलीको प्रहारले
उसलाई लाग्थ्यो अझ आकाश नाप्न बाँकी छ
संसारको रित फेर्न रोक्यो छेक्यो कसले
जञ्जिर बेडी खोल अब हातमा नै चाभी छ
२२ असार २०६८
तड्पन (गीत ७)
निस्सासियो मन् तड्पिरन्छ झन, केही उपाय छैन
जिवन छ जारी यो भन्दा भारी कुनै सजाय छैन
सागर झैँ थिए खहरे भए मेरा यी आँखाहरू
उर्लिदाँ लहर, विलायो बहार, बगे सपनाहरू
साँस छ उही, जीन्दगी उही, उस्तै हृदय छैन
कहानी उनै सम्झन्छु झनै बिर्सने बहानामा
कामना उस्तै गुन्जिन्छ सँधै मेरा यी प्रार्थनामा
दिलमा मेरो मायाको चिनो याद सिवाय छैन
संगीतः तुफान शान्त
स्वरः .....
१५ असार, २०६८
जिवन छ जारी यो भन्दा भारी कुनै सजाय छैन
सागर झैँ थिए खहरे भए मेरा यी आँखाहरू
उर्लिदाँ लहर, विलायो बहार, बगे सपनाहरू
साँस छ उही, जीन्दगी उही, उस्तै हृदय छैन
कहानी उनै सम्झन्छु झनै बिर्सने बहानामा
कामना उस्तै गुन्जिन्छ सँधै मेरा यी प्रार्थनामा
दिलमा मेरो मायाको चिनो याद सिवाय छैन
संगीतः तुफान शान्त
स्वरः .....
१५ असार, २०६८
जीवन मोह
मृत्यू र जीवन दुई हातमा लिएर बाँचेको मान्छे,
सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ ।
१५ असार, २०६८
सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ ।
१५ असार, २०६८
अन्त छैन (गजल-५७)
हिँडि रहेछु म निरन्तर धरतीको अन्त छैन
म त सिद्धिन्छु यो समय असतीको अन्त छैन
यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ
कैले हो मैले सुस्ताउने? प्रगतिको अन्त छैन
भन्छ जिन्दगी फूलभन्दा काँडा नै पो बढी भयो
काँडा बोक्ने यी फूलसित पिरतीको अन्त छैन
भयो चाहिन्न दिन अब! रातमा नै रम्छु भन्दा
उजेली फेरी उदाईदिने नियतीको अन्त छैन
म त सिद्धिन्छु यो समय असतीको अन्त छैन
यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ
कैले हो मैले सुस्ताउने? प्रगतिको अन्त छैन
भन्छ जिन्दगी फूलभन्दा काँडा नै पो बढी भयो
काँडा बोक्ने यी फूलसित पिरतीको अन्त छैन
भयो चाहिन्न दिन अब! रातमा नै रम्छु भन्दा
उजेली फेरी उदाईदिने नियतीको अन्त छैन
किन पिउँदिन म
सोध्छन् मेरा साथी, तँ किन पिउँदैनस्?
जिन्दगीको एउटा बेग्लै पाटो, किन जिउँदैनस्?
पिरै पिरको भारी बिसाउँदै चाखी हेर यो मात
दुख सारा भुलाउँदै लिइ हेर यसलाई साथ
म भन्छु अनि
हेर साथी हो, म पनि नमातिने त हैन
मेरो पनि भुल्ने बहाना नभएको त हैन
न ह्विस्कीको झमझममा,
न लोकलको रमरममा
म त मातिन्छु
अँगालोको आफ्नोपनमा
जब जब संसार देखि आतिन्छु
आफन्तको साथमा मातिन्छु
जब जब मनमा बढ्छ चिसोपन
रोज्छु आत्मियताको न्यानोपन
June 16, 2011
जिन्दगीको एउटा बेग्लै पाटो, किन जिउँदैनस्?
पिरै पिरको भारी बिसाउँदै चाखी हेर यो मात
दुख सारा भुलाउँदै लिइ हेर यसलाई साथ
म भन्छु अनि
हेर साथी हो, म पनि नमातिने त हैन
मेरो पनि भुल्ने बहाना नभएको त हैन
न ह्विस्कीको झमझममा,
न लोकलको रमरममा
म त मातिन्छु
अँगालोको आफ्नोपनमा
जब जब संसार देखि आतिन्छु
आफन्तको साथमा मातिन्छु
जब जब मनमा बढ्छ चिसोपन
रोज्छु आत्मियताको न्यानोपन
June 16, 2011
बर्सिदैछु (गीत)
बर्सिदै छु तिम्रै तिर रूझ्छौ माया बौछारले
प्यास तिम्रो मेट्ने धोको मायाको यो भण्डारले
कति दुख पिडा गन्छौ? अब साथ छान्ने पालो
हाँसो खुशी मात्र हाम्रो सँधै रहोस हातेमालो
सक्ने छैन रूवाउन कुनै पनि प्रहारले
आँखा बिच सपना छ, आँसु फेरी रोज्छौ किन?
खेल्न खोज्छ मनभित्र ढोका थुन्न खोज्छौ किन
ढोका तिम्रो ढक्ढकायो हेर माया बहारले
३० जेठ, २०६८
प्यास तिम्रो मेट्ने धोको मायाको यो भण्डारले
कति दुख पिडा गन्छौ? अब साथ छान्ने पालो
हाँसो खुशी मात्र हाम्रो सँधै रहोस हातेमालो
सक्ने छैन रूवाउन कुनै पनि प्रहारले
आँखा बिच सपना छ, आँसु फेरी रोज्छौ किन?
खेल्न खोज्छ मनभित्र ढोका थुन्न खोज्छौ किन
ढोका तिम्रो ढक्ढकायो हेर माया बहारले
३० जेठ, २०६८
Hamro Team Official Song - हाम्रो टिम

एकपछि एक कोशिशहरू थपिँदै गए हर क्षणमा
साथ मिलि हर हार जित्छौ के हो तिम्रो सपना
हेर हात बढाइ तिमी, पाउने छौ साथ हर कदम
साहसले अघि बढ्छ, सत्यले जित्छ, यो हाम्रो टिम
बदलिए सोच हाम्रो, बदलिन्छ संसार यो
म भन्दा माथी हामी एकताको आधार हो
सात रंगी छ इन्द्रधनुष हर एकको छ आफ्नै गुन
एकमा तिमी अनेकमा हामी मिलि गाउँछौ विजय धून
हामी काँधमा काँध मिलाएर, होस्टेमा हैसे लगाएर
लम्कन्छौ...लम्कन्छौ एक गरी रात दिन
बदलिए सोच हाम्रो, बदलिन्छ संसार यो
म भन्दा माथी हामी एकताको आधार हो
Cowritten by Kali Prasad Baskota, Yubakar and Sabin Singh
Composed by Kali Prasad Baskota
Performed by Nima Rumba and Aastha B.
Watch OFFICIAL VIDEO OF HAMRO TEAM
Watch HAMRO TEAM
Hamro Team Official website
नौलो यात्रा (गीत)
आँगनीमा दियो बाती नबालेको धेरै भयो
जीन्दगीको यात्रा नयाँ नथालेको धेरै भयो
थोरै थोरै दूरी गर्दै बाटो लामो काट्नु थियो
लक्ष्य नयाँ खोजी गर्दै सफलता भेट्नु थियो
जाँगरिलो पाइलाहरू नचालेको धेरै भयो
अघि बढ्नु छ आखिर विहानीलाइ किन कुरूँ
उज्यालो म सँगै नै छ आफै भित्र खोजी हेरूँ
निराशाको कालो घुम्टी नफालेको धेरै भयो
June 5, 2011
जीन्दगीको यात्रा नयाँ नथालेको धेरै भयो
थोरै थोरै दूरी गर्दै बाटो लामो काट्नु थियो
लक्ष्य नयाँ खोजी गर्दै सफलता भेट्नु थियो
जाँगरिलो पाइलाहरू नचालेको धेरै भयो
अघि बढ्नु छ आखिर विहानीलाइ किन कुरूँ
उज्यालो म सँगै नै छ आफै भित्र खोजी हेरूँ
निराशाको कालो घुम्टी नफालेको धेरै भयो
June 5, 2011
ए कविता पो बनेछ
भाव उर्लिएर आयो,
अक्षरहरू बुनेँ
शब्दमा ढाले,
हरफमा उनेँ,
अन्तमा एकपटक पढेँ
आफैले बुझिन
ए! कविता पो बनेछ ।
Thursday, June 2, 2011
अक्षरहरू बुनेँ
शब्दमा ढाले,
हरफमा उनेँ,
अन्तमा एकपटक पढेँ
आफैले बुझिन
ए! कविता पो बनेछ ।
Thursday, June 2, 2011
ताराहरू र जून
मनको आकाशमा
झिल्मिलाएका ताराहरू
गाँसेर
एउटा गजल
बुनौ भनेको,
जून बनि
तिम्रो मुहार झुल्किए पछि
ताराहरू त्यसै विलाउँछन्
बसन्तको कोसेली यी
रंगीचंगी फूलहरू
गाँसेर माला उनी
सजाउ भनेको
मुस्कानमा
तिमी फक्रिए पछि
फूलहरू ओइलाइ झर्छन्
Thursday, May 19, 2011
झिल्मिलाएका ताराहरू
गाँसेर
एउटा गजल
बुनौ भनेको,
जून बनि
तिम्रो मुहार झुल्किए पछि
ताराहरू त्यसै विलाउँछन्
बसन्तको कोसेली यी
रंगीचंगी फूलहरू
गाँसेर माला उनी
सजाउ भनेको
मुस्कानमा
तिमी फक्रिए पछि
फूलहरू ओइलाइ झर्छन्
Thursday, May 19, 2011
रमाइलो गजल
जति जति काट्दै फाल्यो उति धेरै पलाउँछ ।
नकाटेर बसुँ भने झनै साह्रो चिलाउँछ ।।
दिकदार लागेर म फँडानी जो गर्न खोज्छु ।
भन्छिन् उनी केटा तेरो पहिचान हराउँछ ।।
भन्छिन् फेरी उनैले पो नजिक धेरै नआउ तिमी ।
तिम्रो झुसे बारीले नि मलाइ साह्रै सताउँछ ।।
कोही बने योगी भने, कोही चाँही आतंककारी ।
यसैले त होला शायद, मान्छे अलग बनाउँछ ।।
May 12, 2011
छल्की दिन्छ (गजल ५५)
छल्की दिन्छ आँखाभरी, पिरतीको यो तिर्सना ।
झनै सुन्दर देखिन्छु म, नयन मोती भो गहना ।।
पाइलाको डोब मेट्दै भुलि हिँडे कता कता ।
छुटाउन चाहन्न म ज्यानै लिने यो मुर्छना ।।
ईन्द्रेणीको रहर गर्ने आँखा पनि कति सोखिन् ।
तर चश्मा फेर्दा पनि बेरंगी नै छ सपना ।।
काँडै काँडा छाम्दै हिँड्छु फूलै फूलको बगैँचामा ।
बसन्त नै छाउँदा पनि बिझाउने छ सम्झना ।।
April 29, 2011
झनै सुन्दर देखिन्छु म, नयन मोती भो गहना ।।
पाइलाको डोब मेट्दै भुलि हिँडे कता कता ।
छुटाउन चाहन्न म ज्यानै लिने यो मुर्छना ।।
ईन्द्रेणीको रहर गर्ने आँखा पनि कति सोखिन् ।
तर चश्मा फेर्दा पनि बेरंगी नै छ सपना ।।
काँडै काँडा छाम्दै हिँड्छु फूलै फूलको बगैँचामा ।
बसन्त नै छाउँदा पनि बिझाउने छ सम्झना ।।
April 29, 2011
वेठिक छु (गजल ५४)
ठिकै देखिए नि अलि वेठिक छु ।
आकाश खस्ने होकि भनी चिन्तित छु ।।
कसो गरी रेट्छ फूलको धारले सोच्थेँ ।
आफू माथी जगत हाँस्दा पिडित छु ।।
बल्दो सूर्य हुँ म निभ्नु छैन अझै ।
कालो बादलले घेर्दा मलिन छु ।।
चाहिएको यौटा जाबो बुटी न थ्यो ।
सिंगै पहाड बोक्नु पर्दा थकित छु ।।
April 6, 2011
आकाश खस्ने होकि भनी चिन्तित छु ।।
कसो गरी रेट्छ फूलको धारले सोच्थेँ ।
आफू माथी जगत हाँस्दा पिडित छु ।।
बल्दो सूर्य हुँ म निभ्नु छैन अझै ।
कालो बादलले घेर्दा मलिन छु ।।
चाहिएको यौटा जाबो बुटी न थ्यो ।
सिंगै पहाड बोक्नु पर्दा थकित छु ।।
April 6, 2011
बरसातमा... (गजल -५३)
खडेरी सहेको विरुवा पो झुम्छ बरसातमा
साँचेर राखेको तिर्सना त्यो धुन्छ बरसातमा
पिरती गहिरो गाडेछ शायद विछोडले
टिपेर एक एक बूँद त्यो चुम्छ बरसातमा
जति नै जले पनि चाहना तापको छ आखिर
फर्किने घामको आश ज्यूँदो नै हुन्छ बरसातमा
दुखमा रमाउन जान्ने जीवन पो त जीवन
तेज हुरी सँगै रमाएर झन् झुल्छ बरसातमा
March 29, 2011
कत्ति राम्रो (गजल -५२)
मुस्कानले सजिएको सुन्दर तिम्रो मुहार राम्रो
हाँसो सँगै तातीँ लागि रम्दै आउने बहार राम्रो
मनभित्रका रहरहरू रोक्न खोज्दा अधरले
चञ्चले ती नयनले गरिदिने हतार राम्रो
भँवरा झै नयन मेरा डुल्दा खेरी फूल रोज्दै
नयनबाटै गरि दिने इर्ष्यालु त्यो प्रहार राम्रो
गाँठो कस्तो बाँधिएछ दुख पनि बाँड्नु पर्ने
यता दुख्दा उता झर्ने बेमौसमी असार राम्रो
माया साटो दिन्छौ भन यौवनको बहार तिम्रो
नाफा नोक्सान पिरै छैन, पिरतीको बजार राम्रो
March 10, 2011
हाँसो सँगै तातीँ लागि रम्दै आउने बहार राम्रो
मनभित्रका रहरहरू रोक्न खोज्दा अधरले
चञ्चले ती नयनले गरिदिने हतार राम्रो
भँवरा झै नयन मेरा डुल्दा खेरी फूल रोज्दै
नयनबाटै गरि दिने इर्ष्यालु त्यो प्रहार राम्रो
गाँठो कस्तो बाँधिएछ दुख पनि बाँड्नु पर्ने
यता दुख्दा उता झर्ने बेमौसमी असार राम्रो
माया साटो दिन्छौ भन यौवनको बहार तिम्रो
नाफा नोक्सान पिरै छैन, पिरतीको बजार राम्रो
March 10, 2011
अवतारी (गजल ५१)
पाउमा शिर झुकाउन उर्दि जारी भएको छ
जो चै थियो शैतान उही अवतारी भएको छ
रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो
रोक्ने छ्क्ने हात भने दुराचारी भएको छ
नचलेर केही सीप हेपिएथ्यो हिउँदमा
खहरे त्यो उर्लिएर विनाशकारी भएको छ
बौलाहा त्यो बतासले हल्लाउनै सकेन छ
हल्ला गरि भन्छ पहाड अहँकारी भएको छ
के चैँ गर्ला भनिकन हेप्दा खेरी सानो भूल
फैलिएर सानो रोग महामारी भएको छ
January 29, 2011
जो चै थियो शैतान उही अवतारी भएको छ
रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो
रोक्ने छ्क्ने हात भने दुराचारी भएको छ
नचलेर केही सीप हेपिएथ्यो हिउँदमा
खहरे त्यो उर्लिएर विनाशकारी भएको छ
बौलाहा त्यो बतासले हल्लाउनै सकेन छ
हल्ला गरि भन्छ पहाड अहँकारी भएको छ
के चैँ गर्ला भनिकन हेप्दा खेरी सानो भूल
फैलिएर सानो रोग महामारी भएको छ
January 29, 2011
लिइ आउनु (गजल - ५० )
हृदयको लाली पोती हातमा गुलाब लिइ आउनु
बटुल्न छ फिर्ता धेरै मनमा अभाव लिइ आउनु
कैदी बन्न तयार छु झ्यालखाना त्यो मन भए
संसार सारा त्यही देखुँ यस्तो प्रभाव लिइ आउनु
बोकी आको छौ कि साथी तराजु र मानापाथी
लोभीपापी सोचसँग मनमुटाव लिइ आउनु
किस्ताबन्दी अध्यायमा छरिएको कहानी छ
पाना पाना सङ्गालेर सिगो किताब लिइ आउनु
तितो पिरो नथपे त माया मिठो कहाँ होला
कैले काँही पहिरिन रिसको नकाब लिइ आउनु
बेग्लै छ यहाँ परिभाषा देउता र मन्दिरको
सबिनको प्रेमधर्म सित लगाव लिइ आउनु
अलिकति तिमी अलिकति म (गजल - 49)
तिम्रो मेरो बिचको दूरी हामी एक साथ तरौँला
अलिकति तिमी झर्नु अलिकति म चढौँला
लामो यात्रा जीन्दगानी सँग सगै लागौँ हामी
अलिकति तिमी सुस्ताउ अलिकती म लम्कौँला
एक अर्का बिना रैछौँ खाली खाली हामी दुवै
अलिकती तिमी भर्नु अलि धेरै म भरौँला
गाँठो हाम्रो चिसिएमा प्रेमज्वाला सल्काउँला
धेरै धेरै तिमी ताप्नु अलिकति म तापौँला
सारा जग बैरी भए भिड्नु छ है एक भई
अलिकति तिमी आँट्नु अलि धेरै म आँटौला
December 12, 2010
अलिकति तिमी झर्नु अलिकति म चढौँला
लामो यात्रा जीन्दगानी सँग सगै लागौँ हामी
अलिकति तिमी सुस्ताउ अलिकती म लम्कौँला
एक अर्का बिना रैछौँ खाली खाली हामी दुवै
अलिकती तिमी भर्नु अलि धेरै म भरौँला
गाँठो हाम्रो चिसिएमा प्रेमज्वाला सल्काउँला
धेरै धेरै तिमी ताप्नु अलिकति म तापौँला
सारा जग बैरी भए भिड्नु छ है एक भई
अलिकति तिमी आँट्नु अलि धेरै म आँटौला
December 12, 2010
गजल-48
निभाएर सेलाई दे मनको त्यो दीप तेरो
किन जल्छस् तँ? जब मेट्नु छैन अँधेरो
डेरा गरी ग्रहण बसेपछि घरमा
हुन्न रैछ उज्यालो पोतिएर कमेरो
बाटो तैँले खनेको कहाँ पुग्ने तँ नै जान
कहाँ भन्छ यात्राले बाटो भयो अप्ठेरो
धर्ती सारा नापेर सागरमा मिल्नु छ
उर्लिएर नाघी हिंड् तँ ! दहको यो घेरो
-19 मँसिर 2067
किन जल्छस् तँ? जब मेट्नु छैन अँधेरो
डेरा गरी ग्रहण बसेपछि घरमा
हुन्न रैछ उज्यालो पोतिएर कमेरो
बाटो तैँले खनेको कहाँ पुग्ने तँ नै जान
कहाँ भन्छ यात्राले बाटो भयो अप्ठेरो
धर्ती सारा नापेर सागरमा मिल्नु छ
उर्लिएर नाघी हिंड् तँ ! दहको यो घेरो
-19 मँसिर 2067
मन हामी दुईको (गजल ४७)
भिड माझ एक्लिएको मन हामी दुईको
रहरले आत्तिएको मन हामी दुईको
फुल्नु थियो फल्नु थियो बास्ना छरी छरी
कोपिलामै मासिएको मन हामी दुईको
एकै माला गाँसिएर सज्ने भाग्य कहाँ
गाँस्दा गाँस्दै ओईलिएको मन हामी दुईको
बरसातको आशा गरी सगर हेर्दा हेर्दै
खडेरीमै फक्रिएको मन हामी दुईको
November 29, 2010
रहरले आत्तिएको मन हामी दुईको
फुल्नु थियो फल्नु थियो बास्ना छरी छरी
कोपिलामै मासिएको मन हामी दुईको
एकै माला गाँसिएर सज्ने भाग्य कहाँ
गाँस्दा गाँस्दै ओईलिएको मन हामी दुईको
बरसातको आशा गरी सगर हेर्दा हेर्दै
खडेरीमै फक्रिएको मन हामी दुईको
संगम पन्तद्वारा संगितवद्ध तथा उनकै स्वरमा यही गजलः
मनका सादा पाना (गजल ४६)
प्रेमका मसी उडी गए सादै रहे मनका पाना।
कथा आफ्नो खोजी हिड्नु जिउनलाई भो बहाना॥
पाईला मेरा लम्की दिन्छन् उजेलीको झल्को देखि ।
बाटो मेरो अल्झाउँछन् सम्झनाका तानाबाना॥
जब जब झल्किदिन्छ नौनी सरी मन कोमल ।
हात हातमा छुरा लिई पालो कुर्छ यो जमाना ॥
पिडा पनि प्यारो नै छ जानु हुन्न मुटु छाडी ।
परेलीको डिल माथी कोरिएको छ सिमाना ॥
मुहारमा हाँसो लिई उदाउँछ सबिन तर।
अधेँरी मै रहिदिन्छ दिलको यो तहखाना ॥
November 22, 2010
कथा आफ्नो खोजी हिड्नु जिउनलाई भो बहाना॥
पाईला मेरा लम्की दिन्छन् उजेलीको झल्को देखि ।
बाटो मेरो अल्झाउँछन् सम्झनाका तानाबाना॥
जब जब झल्किदिन्छ नौनी सरी मन कोमल ।
हात हातमा छुरा लिई पालो कुर्छ यो जमाना ॥
पिडा पनि प्यारो नै छ जानु हुन्न मुटु छाडी ।
परेलीको डिल माथी कोरिएको छ सिमाना ॥
मुहारमा हाँसो लिई उदाउँछ सबिन तर।
अधेँरी मै रहिदिन्छ दिलको यो तहखाना ॥
November 22, 2010
एक पागल
घर पागल
बुढी पागल
साथी पागल
हाकिम पागल
शहर पागल
देश पागल
संसारै पागल
...
हि!! हि!! हाsss
...
जसको सोच पागल
उसले देख्छ सब पागल !!!!!!
Thursday, November 18, 2010
बुढी पागल
साथी पागल
हाकिम पागल
शहर पागल
देश पागल
संसारै पागल
...
हि!! हि!! हाsss
...
जसको सोच पागल
उसले देख्छ सब पागल !!!!!!
Thursday, November 18, 2010
दिलको थुना (गीत ३)
ससारनै देखाइ दियौ दिलको यो थुनामा
जूनताराको झिलिमिली पाउँछु यै कुनामा
एक हाँसोले मनभित्रको खडेरी नै हरायो
प्रेमको वर्षा पाइ नयाँ पालुवा यो पलायो
रँरगीचगी फूल हाँस्छ एकदिन यो मुनामा
ससारनै देखाइ दियौ दिलको यो थुनामा
मोहनी हो भन्छन सबै यसै भित्र म भुलेँ
कैले खुशी कैले दुखी रमाउँदै म झुलेँ
कहिँ पनि नपाउने आनन्द यो टुनामा
जूनताराको झिलिमिली पाउँछु यै कुनामा
Sunday, October 17, 2010
संगीतः तुफान शान्त
स्वरः विशाल ठटाल
संग्रहः Arrival (Paila-2)
जूनताराको झिलिमिली पाउँछु यै कुनामा
एक हाँसोले मनभित्रको खडेरी नै हरायो
प्रेमको वर्षा पाइ नयाँ पालुवा यो पलायो
रँरगीचगी फूल हाँस्छ एकदिन यो मुनामा
ससारनै देखाइ दियौ दिलको यो थुनामा
मोहनी हो भन्छन सबै यसै भित्र म भुलेँ
कैले खुशी कैले दुखी रमाउँदै म झुलेँ
कहिँ पनि नपाउने आनन्द यो टुनामा
जूनताराको झिलिमिली पाउँछु यै कुनामा
Sunday, October 17, 2010
संगीतः तुफान शान्त
स्वरः विशाल ठटाल
संग्रहः Arrival (Paila-2)
Arrival मा संग्रहित गीतहरूको झल्को, यो गीत २.३८ मा सुन्न सकिनेछ
एक्लो चरी(गीत - 4)
डाली डाली उड्ने चरी बास बस्ने कहाँ तिमी
जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी
पिरतीको बतास न्यानो चलिरा'छ वरपर
ढुँगा सरी मन हैन किन भाग्छौ परपर
धर्ती आकाश दूरी नापी भौतारिन्छौ अझै कति
मायालुको साथ लिई यात्रा धेरै सहज हुन्छ
बाधा सबै पार गरी नयाँ नौलो आकाश छुन्छ
उज्यालो छ झनै बढि बादलुको घेरा माथी
November 14, 2010
जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी
पिरतीको बतास न्यानो चलिरा'छ वरपर
ढुँगा सरी मन हैन किन भाग्छौ परपर
धर्ती आकाश दूरी नापी भौतारिन्छौ अझै कति
मायालुको साथ लिई यात्रा धेरै सहज हुन्छ
बाधा सबै पार गरी नयाँ नौलो आकाश छुन्छ
उज्यालो छ झनै बढि बादलुको घेरा माथी
November 14, 2010
लत्रियो डाली (गजल - 45)
चिरा चिरा पर्दै सुक्यो, लत्रियो त्यो सोझो डाली ।
फुलाउन चाहेको छ अझै कोमल फूल खाली ॥
बसन्तको मौसम गयो बाँकी मात्र तुषारो छ ।
पर्ती भयो धर्ती अब फल्ने हो र कुन बाली ॥
हृदयको संगीतले त्यागी सक्यो सुरताल ।
सुमधुर बज्छ अझै तर एक हाते ताली ॥
शिकारको मोह गरी पासो थपि बसेको छ ।
गोली गठ्ठा बिना रित्तो सोझिएछ दुइ नाली ॥
घाम एकै न्यानो एकै बिहान र साँझ एकै ।
पश्चिमको क्षितिजमा अझै पनि छ प्रेम लाली ॥
Saturday, November 13
फुलाउन चाहेको छ अझै कोमल फूल खाली ॥
बसन्तको मौसम गयो बाँकी मात्र तुषारो छ ।
पर्ती भयो धर्ती अब फल्ने हो र कुन बाली ॥
हृदयको संगीतले त्यागी सक्यो सुरताल ।
सुमधुर बज्छ अझै तर एक हाते ताली ॥
शिकारको मोह गरी पासो थपि बसेको छ ।
गोली गठ्ठा बिना रित्तो सोझिएछ दुइ नाली ॥
घाम एकै न्यानो एकै बिहान र साँझ एकै ।
पश्चिमको क्षितिजमा अझै पनि छ प्रेम लाली ॥
Saturday, November 13
मुक्तकहरू
१.बुझाउन मनका कुरा म कवि बनेँ
स्वरूप आफ्नो भुली तिम्रो छवि बनेँ
मुटु छेउ लुकेको माया कहाँ देख्यौ र
बाटो तिम्रो उजेली गर्न रवि बनेँ
====================
२. पिडा साट अलिकति, खुशी दिन्छु धेरै धरै
तिम्रा आँखा रसाइदिए, म नि रून्छु धेरै धरै
धेरै कुरा लुकेको छ, तिमी भित्र के छ के छ
खुल्ला तिम्रो मन गरे माया छान्छु धेरै धेरै
=====================
३. तिम्रो बयान गर्ने गजल गीत लेख्न छाँडे अब
नआउ भो मनको छेउ, प्रित लेख्न छाँडेँ अब
अलिकति हार अनि धेरै जीतै जित देख्थे
हारैहारको थुप्रो लाग्यो, जीत लेख्न छाडेँ अब
Tuesday, November 2, 2010
स्वरूप आफ्नो भुली तिम्रो छवि बनेँ
मुटु छेउ लुकेको माया कहाँ देख्यौ र
बाटो तिम्रो उजेली गर्न रवि बनेँ
====================
२. पिडा साट अलिकति, खुशी दिन्छु धेरै धरै
तिम्रा आँखा रसाइदिए, म नि रून्छु धेरै धरै
धेरै कुरा लुकेको छ, तिमी भित्र के छ के छ
खुल्ला तिम्रो मन गरे माया छान्छु धेरै धेरै
=====================
३. तिम्रो बयान गर्ने गजल गीत लेख्न छाँडे अब
नआउ भो मनको छेउ, प्रित लेख्न छाँडेँ अब
अलिकति हार अनि धेरै जीतै जित देख्थे
हारैहारको थुप्रो लाग्यो, जीत लेख्न छाडेँ अब
Tuesday, November 2, 2010
माया राम्रो (गजल–४४)
मन फूल हसाँइ दिने पारिलो यो घामै राम्रो
खुशी मात्र फुली दिने मायाको यो यामै राम्रो
कागजमा कुदिएर माया आँउछ मेरो लागि
वैरीबाट लुकाएर बोकी ल्याउने खामै राम्रो
शिशिर पछि बसन्त झैँ जीन्दगानी रमाको'छ
तिम्रो साथ लागी आउने खुशीको यो लामै राम्रो
माया गर्ने जोडी देख्दा खरानी भै उड्छन् कति
मायामा नै मस्त भई जलाउने कामै राम्रो
Monday, October 25, 2010
खुशी मात्र फुली दिने मायाको यो यामै राम्रो
कागजमा कुदिएर माया आँउछ मेरो लागि
वैरीबाट लुकाएर बोकी ल्याउने खामै राम्रो
शिशिर पछि बसन्त झैँ जीन्दगानी रमाको'छ
तिम्रो साथ लागी आउने खुशीको यो लामै राम्रो
माया गर्ने जोडी देख्दा खरानी भै उड्छन् कति
मायामा नै मस्त भई जलाउने कामै राम्रो
Monday, October 25, 2010
अटेरी मन (गजल ४३ )
पाईलालाई के थाहा छ र बाटो कहाँ जान्छ ।
यो त लाग्छ त्यतै तिर जता मनले लान्छ ।।
हिँड्दा हिँड्दै कदम मेरा अँधेरीमा अल्झे ।
उजेलीको आशा मारी थाक्न कहाँ मान्छ ।।
सुस्ताएका बटुवाको कुरा सुने हुन्थ्यो ।
अटेरी मन आफ्नो राजा आफूलाई नै ठान्छ ।।
जता गयो सपनाको ताँती पछि पछि।
आँखा चिम्ली हिँड्ने बानी ठक्कर अनेक खान्छ ।।
२०६७।०७।०१ आईतबार , एकादशी
यो त लाग्छ त्यतै तिर जता मनले लान्छ ।।
हिँड्दा हिँड्दै कदम मेरा अँधेरीमा अल्झे ।
उजेलीको आशा मारी थाक्न कहाँ मान्छ ।।
सुस्ताएका बटुवाको कुरा सुने हुन्थ्यो ।
अटेरी मन आफ्नो राजा आफूलाई नै ठान्छ ।।
जता गयो सपनाको ताँती पछि पछि।
आँखा चिम्ली हिँड्ने बानी ठक्कर अनेक खान्छ ।।
२०६७।०७।०१ आईतबार , एकादशी
देउता
सोच्दैँ थिएँ
किन हुन्छ देउताको भिड
सय, लाख, करोड हैन ३३ करोड
हरेक कुरा, हरेक चिजको देउता
आगो, पानी, माटो, हावा, जङ्गल आदि ईत्यादी
सबैको देउता
अझै सोचेँ,
अझै पढे,
अनि बुझेँ
चिजको देउता होइन
हरेक चिजमा देउता
आगो, पानी, माटो, हावा, जङ्गलमा देउता
कणकणमा देउता
म भित्र पनि देउता
म पनि एउटा देउता
आफ्नो मन खुशी राख्न सके
खुशी हुन्छ देउता!!
Saturday, October 16, 2010
किन हुन्छ देउताको भिड
सय, लाख, करोड हैन ३३ करोड
हरेक कुरा, हरेक चिजको देउता
आगो, पानी, माटो, हावा, जङ्गल आदि ईत्यादी
सबैको देउता
अझै सोचेँ,
अझै पढे,
अनि बुझेँ
चिजको देउता होइन
हरेक चिजमा देउता
आगो, पानी, माटो, हावा, जङ्गलमा देउता
कणकणमा देउता
म भित्र पनि देउता
म पनि एउटा देउता
आफ्नो मन खुशी राख्न सके
खुशी हुन्छ देउता!!
Saturday, October 16, 2010
आशको मौसम (ग़ज़ल-42)
धेरै पछि आएको छ खुल्ला आकाशको मौसम
रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम
परदेशमा सुख खोज्दा आउँछ याद झलझली
आफ्ना सँग यौटै थाल मिठो एक गाँसको मौसम
रगतमा होली खेल्दै भक्तहरू धर्म गर्छन्
द्यौता पनि भन्छन् यै हो पाप विनाशको मौसम
कामै रोकी जगत यो लागेको छ खुशी बाँड्न
छाएको छ पिउनेलाई जुवा र तासको मौसम
बहाना यो बनोस् सबको दुख पिडा भुलाउने
सुख आउने बाटो कुर्ने मनको यो आशको मौसम
Friday, October 15, 2010
रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम
परदेशमा सुख खोज्दा आउँछ याद झलझली
आफ्ना सँग यौटै थाल मिठो एक गाँसको मौसम
रगतमा होली खेल्दै भक्तहरू धर्म गर्छन्
द्यौता पनि भन्छन् यै हो पाप विनाशको मौसम
कामै रोकी जगत यो लागेको छ खुशी बाँड्न
छाएको छ पिउनेलाई जुवा र तासको मौसम
बहाना यो बनोस् सबको दुख पिडा भुलाउने
सुख आउने बाटो कुर्ने मनको यो आशको मौसम
Friday, October 15, 2010
आशको आँकुरा (गजल–४१)
यात्रा सहज कहाँ छ र? बाटो छेक्ने छ टाकुरा
सफलताका शिखर चुम्ने रहर अझै छन् अधूरा
बेला बेला रसाईदिन्छ, बन्जर छैनन् आँखा मेरा
त्यही ओसमा पलाउने, विश्वासको म आँकुरा
सोचे जस्तो हुन्न यहाँ, चाहे जति पाउनु कहाँ
मन भित्र थोरै धेरै ईच्छा मेरा छन् अपूरा
कहिले त छिया छिया हुन्छ मेरो मन पनि
सम्हालेर आफैलाई, आशा बुन्ने म माकुरा
Thursday, October 7, 2010
सफलताका शिखर चुम्ने रहर अझै छन् अधूरा
बेला बेला रसाईदिन्छ, बन्जर छैनन् आँखा मेरा
त्यही ओसमा पलाउने, विश्वासको म आँकुरा
सोचे जस्तो हुन्न यहाँ, चाहे जति पाउनु कहाँ
मन भित्र थोरै धेरै ईच्छा मेरा छन् अपूरा
कहिले त छिया छिया हुन्छ मेरो मन पनि
सम्हालेर आफैलाई, आशा बुन्ने म माकुरा
Thursday, October 7, 2010
जब बोल्छन् आँखाहरू(गजल ४०)
हृदयका भेद खोली जब बोल्छन् आँखाहरू
साह्रै मिठो लाग्छ बोली जब बोल्छन् आँखाहरू
बादलुको घेरामुनी ईन्द्रेणीले मुस्कान छर्छ
रहरले खेल्छ होली जब बोल्छन् आँखाहरू
हतियार अनेक छन्, छानी छानी गर्छौ प्रहार
मुटु छेडी चल्छ गोली जब बोल्छन् आँखाहरू
समय यो टक्क अडी मोहनीमा तिम्रो भुल्छ
मुस्कानको जादू घोली जब बोल्छन् आँखाहरू
कुमारी त्यो मनको चाह झल्किदिन्छ नयनभरी
खोजे जस्तो लाग्छ डोली जब बोल्छन् आँखाहरू
Thursday, October 7, 2010
साह्रै मिठो लाग्छ बोली जब बोल्छन् आँखाहरू
बादलुको घेरामुनी ईन्द्रेणीले मुस्कान छर्छ
रहरले खेल्छ होली जब बोल्छन् आँखाहरू
हतियार अनेक छन्, छानी छानी गर्छौ प्रहार
मुटु छेडी चल्छ गोली जब बोल्छन् आँखाहरू
समय यो टक्क अडी मोहनीमा तिम्रो भुल्छ
मुस्कानको जादू घोली जब बोल्छन् आँखाहरू
कुमारी त्यो मनको चाह झल्किदिन्छ नयनभरी
खोजे जस्तो लाग्छ डोली जब बोल्छन् आँखाहरू
Thursday, October 7, 2010
कलम चलोस् (गजल–३९)
मनको वागमा बसन्तको मौसम पर्दा कलम चलोस्
अधरले मोती झल्काई, खुशी छर्दा कलम चलोस्
सुख दुख साथी तिम्रा पालै पालो आउँछन् जान्छन्
खुशीयाली मनको दैलो नजिक सर्दा कलम चलोस्
दुख पिडा हुँदा मात्र नछल्कियोस् आखाँहरू
हृदय त्यो खुशी भई आसुँ झर्दा कलम चलोस्
हाँस्न जाने पिरमा नि जीवन साह्रै मिठो हुन्छ
हाँस्दा हाँस्दै साढे साती दशा टर्दा कलम चलोस्
हाँसो मुस्कान बाँड्दा बाँड्दै अधर त्यो थाक्दा पनि
शब्द शब्द तिम्रो मनले सृष्टी गर्दा कलम चलोस्
२०६७ आश्विन १८, सोमवार
अधरले मोती झल्काई, खुशी छर्दा कलम चलोस्
सुख दुख साथी तिम्रा पालै पालो आउँछन् जान्छन्
खुशीयाली मनको दैलो नजिक सर्दा कलम चलोस्
दुख पिडा हुँदा मात्र नछल्कियोस् आखाँहरू
हृदय त्यो खुशी भई आसुँ झर्दा कलम चलोस्
हाँस्न जाने पिरमा नि जीवन साह्रै मिठो हुन्छ
हाँस्दा हाँस्दै साढे साती दशा टर्दा कलम चलोस्
हाँसो मुस्कान बाँड्दा बाँड्दै अधर त्यो थाक्दा पनि
शब्द शब्द तिम्रो मनले सृष्टी गर्दा कलम चलोस्
२०६७ आश्विन १८, सोमवार
म भित्रै उजेली छ (गजल - 38)
यात्रा थालि पाईला उठे सङ्घारमै गोधुली छ
रात परे के नै भयो साथ दिने जुनेली छ
साजगाज बिनापनि गाउनै छ जीवन गीत
सँगसँगै रमाउने एकान्तको सुसेली छ
पिर वेथा हरी दिन सँधै कहाँ सकुला र
लाज पचाई आँखा मेरा छोपीदिने परेली छ
के रिस गरुँ देउतासँग उसले दिएको जूनीलाई
सुखदुख रमाउने यो मन उसकै कोसेली छ
सगर नाप्छु भन्छ कैले सागरमा डुब्छ कैले
आफ्नो मनको चाह यौटा नसुल्झिने पहेली छ
अँधेरीको चादर ओढी सुस्ताई दियो जगत सारा
अनि मात्र थाहा भयो "सबिन" भित्रै उजेली छ
Monday, October 4, 2010 at 10:42am
रात परे के नै भयो साथ दिने जुनेली छ
साजगाज बिनापनि गाउनै छ जीवन गीत
सँगसँगै रमाउने एकान्तको सुसेली छ
पिर वेथा हरी दिन सँधै कहाँ सकुला र
लाज पचाई आँखा मेरा छोपीदिने परेली छ
के रिस गरुँ देउतासँग उसले दिएको जूनीलाई
सुखदुख रमाउने यो मन उसकै कोसेली छ
सगर नाप्छु भन्छ कैले सागरमा डुब्छ कैले
आफ्नो मनको चाह यौटा नसुल्झिने पहेली छ
अँधेरीको चादर ओढी सुस्ताई दियो जगत सारा
अनि मात्र थाहा भयो "सबिन" भित्रै उजेली छ
Monday, October 4, 2010 at 10:42am
Subscribe to:
Comments (Atom)
Popular Posts
-
हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो । ...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
मृत्यू र जीवन दुई हातमा लिएर बाँचेको मान्छे, सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ । १५ असार, २०६८
-
बिहान बिहानै च्याप्प यो मौसमलाई समाती तिमीमा घोलेर स्वाट्ट! एक पेग लाइदिम् जस्तो लाग्दैछ आज यो मन अलि न्यानो बनाउनु छ







